२९ असार २०८३, सोमबार
मुख्‍य समाचार समाचार

निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुपमा परिमार्जित गरी यथाशीघ्र जारी गरियोस् भन्ने माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले उक्त माग प्रस्तुत गरेका हुन् । यसका साथै, प्याब्सनले संविधानको अवधारणा अनुसार समुन्नत नेपालको मूल आधार सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको मर्म, उद्देश्य र लक्ष्य अनुरूप विद्यालय शिक्षा ऐन विभेदरहित रुपमा निर्माण गरियोस्, नेपाल सरकारको कानुनबमोजिम हालसम्म कम्पनी अन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गरियोस् भन्ने माग पनि गरेका छन् । कम्पनी ऐनको प्रकृति र उद्देश्य अनुरुप कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालयहरु गैरनाफामुलक बन्न नसक्ने कुरालाई स्पष्टरुपमा ऐनमा उल्लेख गरियोस्, छात्रवृत्तिको समान अवसरबाट सबै तहमा नेपाली बालबालिका वञ्चित रहन नपरोस साथै निजी विद्यालयलाई अनियमित हिसाबले थोपन खोजिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था हटाई न्यायोचित छात्रवृत्तिको व्यवस्था गरियोस्, विद्यालय शिक्षाको विश्व परिवेशलाई अध्ययन गर्दा राज्यकोषबाट सञ्चालन हुने विद्यालय बाहेकका अन्य निजी विद्यालयहरु निशुल्क बन्न नसक्ने यथार्थतालाई गम्भीरताकासाथ समीक्षा गरियोस् र शिक्षा, नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गरियोस् भन्ने जस्ता माग पनि प्याब्सनले प्रस्तुत गरेको छ । नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थाहरूमा आज ८ खर्ब भन्दा बढि लगानी रहेको, २ लाख भन्दा बढि शिक्षक–कर्मचारीहरूमा ५५ प्रतिशत महिलाको रोजगारीको अवसर प्रदान गरिरहेको यस संगठनमा करिब ३० लाख विद्यार्थीहरु अध्ययनरत रहेको अवस्था निजी शैक्षिक संस्थाहरुलाई राज्यद्वारा नजर अन्दाज गर्न नमिल्ने प्याब्सनको बुझाई छ ।  

गण्डकी मुख्‍य समाचार समाज

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी, १६ साउन : मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी नेवा र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । कूल रु एक करोड ७१ […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

काठमाडौँ, १६ साउनः आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ […]

बागमती मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती, १६ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन । उनले संसदीय दलको नेताबाट विश्वास गुमाइसकेका भएकाले […]

बागमती मुख्‍य समाचार राजनीति

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला […]

बागमती मुख्‍य समाचार समाज

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ८६ पैसा र बिक्री दर १४० रुपियाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १० पैसा र बिक्रीदर ९० रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ […]

मधेश मुख्‍य समाचार समाज

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक विमा सुविधाको पहल सुरु

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ । खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली बिहीबार (आज) घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर विमा […]

खेलकुद बागमती मुख्‍य समाचार

तेक्वान्दो टोली थाइल्यान्ड जादैँ

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छन् । अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् । महिला २३ […]

कर्णाली मुख्‍य समाचार समाज

वीरेन्द्रनगरका सबै वडामा सीसीटिभी क्यामेरा जडान गरिने

सुर्खेत । वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिने भएको छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच बुधबार सम्झौता गरिएको छ । नगरपालिकाका विभिन्न स्थानहरुमा तीन सय पचास क्यामरा जडान गरिने छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र एक सय  क्यामेरा जडान गरिने […]

बागमती मुख्‍य समाचार राजनीति

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरि चार समितिको बैठक बस्न लागिएको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा […]