२८ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनमा विश्वका करिब ८२ देशका संसदका प्रमुखहरूको सहभागिता रहेको जानकारी दिए । उनले सम्मेलनमा डिजिटल प्रविधिको उपयोगमार्फत संसदलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे गहन छलफल भएको […]

बागमती मुख्‍य समाचार समाज

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन् । गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन् । इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके […]

बागमती मुख्‍य समाचार राजनीति

वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे । उनले भने,‘सन् २०१२ मा बनेको र सन् २०१७ मा अध्यावधि गरेको पछिल्लो मास्टर प्लान यता यातायातको अवस्था निकै विग्रिएको छ । बढ्दो सवारी साधन र अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाई र वायू प्रदूषण बढेको छ । यस कारणले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ । यो ढिलो नै भइसकेको छ  । तर हामीले काम गर्नुछ । अहिलेपनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै विग्रने छ । जसले उपत्यका बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ ।’              

बागमती मुख्‍य समाचार विशेष समाचार

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ । भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनेगरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणलगायतका विषयमा पनि छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उपस्थित थिए । आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमश ः छलफल गर्ने कार्यक्रम छ ।  

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता शेयर आजदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै यो सुचना जारी भएको ३५ दिभित्र शेयर खरिदका लागि आवेदन दिन सक्छन् । लगानीकर्ताले प्रतिकित्ता २०३ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् । अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सुख्खाग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?

काठमाडौं । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्री दर १४० रुपियाँ ३७ पैसा कायम भएको  छ। यस्तै,युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् । मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

एजेन्सी । दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ । सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ । शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको […]