२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताएका हुन् । उनले भने, ‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । उक्त पूर्ण खोप घोषणा गर्दै  प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए । उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, […]

मधेश मुख्‍य समाचार समाज

खानेपानी समस्या समाधानका लागि बन्द रहेका आयोजनाहरुको उर्जा मन्त्रालयद्वारा स्थलगत निरीक्षण

जनकपुर ।  खडेरी र सुख्खाका उत्पन्न खानेपानी समस्याको दृष्टिगत गर्दै ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले धनुषा जिल्लास्थित केही मरम्मत सम्भार अभावमा बन्द रहेका खानेपानी आयोजनाहरुको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री यादवको नेतृत्वमा प्राविधिक सहितका टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर खानेपानी आयोजना र मिथिला नगरपालिका–५ विश्रामपुरस्थित अर्को खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

माधव नेपालले भने, ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छाड्छन्, भ्रष्टाचारको मुद्दा प्रतिशोध हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीले देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छाड्ने आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘एमालेभित्र तमासा हेर्दै जानुस्, देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने, ‘राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्‍याउने स्थितिमा पुर्‍याउँछन् ।’ उनले यो सरकार सबै हिसाबले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन्। सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ ः मन्त्री खड्का

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् । खाँदबारी नगरपालिका– १ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो 

रामेछाप । रामेछापको तिल्पुङ–धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ । पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किएको छ भने सडकमा गरिएको पिच अधिकांश ठाउँमा उक्किएर टालटुल पारी भुक्तानी लिइएको हो । कूल चार किलोमिटर सो सडक विस्तार तथा कालोपत्रेका लागि श्री गौरीशङ्कर/रुपाकाली जेभी काठमाडौंले २०८० असार १८ गते ठेक्का सम्झौता गरेको थियो । २०८२ असार १७ गते काम […]

गण्डकी मुख्‍य समाचार समाज

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा, १६ साउन ः जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् । मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी […]

मधेश मुख्‍य समाचार समाज

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पु¥याउने

सिरहा, १६ साउन : लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएकोे बताए। नगर प्रमुख चौधरीले भने, “हामीले २०३० सम्म २४ वटै वडामा पानी पु¥याउने योजना बनाएका छौँ ।” योजना अनुसार प्रारम्भिक चरणमा […]

बागमती मुख्‍य समाचार समाज

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, १६ साउनः देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको […]

मुख्‍य समाचार समाचार

कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नजिकिँदो कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणा र महासचिव प्रताप थापाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा ३१ र ५१ ले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र शिक्षा प्रणालीलाई वैज्ञानिक, रोजगारमुखी तथा जनमुखी बनाउनुपर्ने व्यवस्था गरिएकामा, पछिल्लो समय निजी विद्यालयमाथि भइरहेको व्यवहार यसको विपरीत देखिएको बताएका छन् । विज्ञप्तिमा उल्लेख गरिएअनुसार हाल नेपालमा ६६५ विद्यार्थी सामुदायिक विद्यालयमा र ३४५ विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन्। निजी विद्यालयहरूले सरकारको शिक्षा क्षेत्रमा पर्ने आर्थिक भार कम गर्नुका साथै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको संस्थाको दाबी छ । विद्यालयहरूलाई तलब भत्ता, छात्रवृत्ति, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, घरभाडा, पानी, बिजुली लगायत दैनिक खर्च व्यवस्थापनका लागि शुल्कमा निर्भर रहनुपर्ने बाध्यता रहेको र हाल १० प्रतिशत छात्रवृत्तिको प्रावधानबाट विद्यालयहरू थप आर्थिक संकटमा परिरहेको जनाइएको छ । ‘अभिभावकबाट उठ्न नसकेको शुल्कले गर्दा अधिकांश निजी विद्यालयहरू जर्जर अवस्थामा पुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ । निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनका लागि दिनरात मेहनत गरिरहेको भन्दै, शुल्क वृद्धिको भार उनीहरूलाई पार्नु अन्याय हुने प्याब्सनको भनाइ छ । ‘यदि शुल्कबारे पुनः विचार र छलफल नभए निजी शिक्षाको गुणस्तरमा गम्भीर असर पर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ । संविधानको धारा २५ मा सम्पत्ति आर्जन, भोग र व्यवसाय सञ्चालन गर्ने हक प्रत्याभूत गरिएकाले राज्यले निजी विद्यालयको व्यवसाय अधिग्रहण गर्न नपाउने संस्थाको तर्क छ । प्याब्सनले निजी लगानीमा सञ्चालन भइरहेका विद्यालयहरूलाई अप्ठ्यारोमा पार्ने निर्णय शिक्षा क्षेत्रको दीर्घकालीन हितमा नहुने बताउँदै, विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आग्रह गरेको छ ।