२८ असार २०८३, आईतवार
कोशी मुख्‍य समाचार समाज

पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा सुनसरी, १९ साउनः लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनी लगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनास सिंगापुरद्वारा सम्मान

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारले डिजिटल एकीकरण र ग्राहक–केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिन्छ । त्यस्तै, बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा पनि धेरै […]

मुख्‍य समाचार लुम्बिनी समाज

बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

गुल्मी, १९ साउनः अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री दुबईमा

दुबई, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायतले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल […]

अन्तर्राष्ट्रिय पर्यटन बागमती मुख्‍य समाचार

‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’

नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन् । नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । रावलले नेतृत्व गरिरहेको एउटा महत्वपूर्ण अभियान हो […]

बागमती मुख्‍य समाचार समाज

युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिका सदस्य नैन सिंह महरले समाज र समयको गतिसँगै लोकतन्त्र (डोमोक्रेसी) को स्वरूप र परिभाषा समेत परिवर्तन हुँदै गएको बताएका छन् । जनप्रशासन क्याम्पसको ४९औं वार्षिकोत्सव सप्ताहको अवसरमा स्कुल अफ डोमोक्रेसी, जनप्रशासन क्याम्पस सर्कलद्वारा आयोजित सम्मान तथा सपथग्रहण कार्यक्रममा बोल्दै महरले आधुनिक युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक […]

बागमती मुख्‍य समाचार समाज

पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामाग्री बोकेका गाडी रोकिए 

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्ड शनिवार बिहानदेखि ठूला सवारीसाधनका लागि पूर्ण रूपमा अवरुद्ध छ । रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको हो । खाँडादेवीपट्टिको पिलर पछाडिको भाग बाढीले कटान गरेपछि पुल प्रयोग प्रयोगमा आउन सकेको छैन । पुलमा क्षति पुगेसँगै साना सवारीसाधनबाहेक सबै ढुवानी साधनको सञ्चालन रोकिएको छ । बाढीले पुलको पिलरमा प्रत्यक्ष असर गरेपछि संरचनाको सुरक्षा जोखिम बढेको छ । स्थानीयका अनुसार गएको असोजमा आएको बाढीले सो पिलर पट्टिको भागमा खोलाले क्षति पुर्याएको थियो । तर त्यति बेला ध्यान नदिँदा यस पटक ठुलो क्षति भएको हो । सो पुल सञ्चालनमा नहुँदा खाँडादेवी गाउँपालिकातर्फबाट आएका १५ टनभन्दा बढी तौलका मालवाहक सवारी साधन सडकमै रोकिएका छन्। यीमध्ये अधिकांश  मरिण डाइभर्सनका सामान बोकेका ढुवानीका गाडीहरू छन्  । सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगञ्जबाट सामान लिएर आएका ट्रकहरू पुल नहुँदा खाँडादेवीको पकरबासमा रोकिएका चालक सिर्जन तामाङले जानकारी दिए।  सुनकोशीको खुर्काेटमा रहेको पुलले बढी भार भएका गाडी नथेग्ने भएकोले त्यस्ता साधनहरू यही बाटो हुँदै सेलघाट जाने गर्दछन् । रामेछाप सदरमुकामबाट खाँडादेवी, दोरम्बा र सुनापतिलाई जोड्ने यो पुल काठमाडौं र तराइ जाने वैकल्पिक सडकको पुल हो । गतवर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले मन्थली–सिन्धुली सडक खण्ड अन्तर्गतको खुर्कोट पुल बगाएपछि सो स्थानमा वैकल्पिक रूपमा बेली ब्रिज जडान गरिएको थियो। तर सो ब्रिजबाट १५ टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि सबैभन्दा भरपर्दो विकल्पको रूपमा भटौली खोलाको यो पुल प्रयोग हुँदै आएको थियो । अहिले यो पुलसमेत अवरुद्ध भएपछि सो क्षेत्रको यातायात व्यवस्थामा थप समस्या उत्पन्न भएको छ । पुलको मर्मत तीव्र गतिमा अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ । अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयका प्राविधिकले जानकारी दिए । यो पुल आर्थिक वर्ष २०७१÷०७२ मा स्विस सरकारको सहयोगमा ‘स्थानीय सडक पुल कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको थियो। स्वच्छन्द सिर्जना जेभीले करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरेको ४० मिटर लामो पक्की पुल वैकल्पिक सडक मार्गका हिसाबले रामेछाप जिल्लाका लागि रणनीतिक रूपमा अति महत्त्वपूर्ण मानिन्छ ।  

प्रदेस समाचार मुख्‍य समाचार विशेष समाचार समाचार

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’बाट समाधान निकाल्न सकिन्छ : नवनियुक्त महानिर्देशक बराल

काठमाडौँ, १९ साउन : जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडेका छन्। उनले भने, “राष्ट्रिय गौरबका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ ।” विभागको ३०औंँ […]

बागमती मुख्‍य समाचार समाज

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

भोजपुर, १९ साउन स् भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो । भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ । […]

मधेश मनोरन्जन मुख्‍य समाचार

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

वीरगञ्ज पर्सा, १९ साउन ः पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू एलएलडिसी को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले […]

बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू राखेको छ । एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुजर […]