२८ असार २०८३, आईतवार
गण्डकी मुख्‍य समाचार समाज

सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव

काठमाडौँ, १९ साउनः महिला अधिकारकर्मीहरुले महिलालाई घरेलु कामदारका रुपमा विदेश जानका लागि वैधानिक बाटो खुलाउन सुझाव दिएका छन् । उनीहरुले विद्यमान कानुनी व्यवस्थामा भिटिज भिसा तथा अवैधानिक रुपमा महिलाहरु घरेलु कामदारका रुपमा गइरहेकाले त्यसलाई व्यवस्थित गरेर कानुनी बाटो खुलाउनुपर्नेमा जोड दिएका हुन् । महिला पुनःस्थापना केन्द्र ओरेकले आज यहाँ आयोजित कार्यक्रममा सुरक्षित र वैधानिक आप्रवासन […]

मुख्‍य समाचार लुम्बिनी समाचार

पहिरोले स्वास्थ्यचौकीमा क्षति

तम्घास गुल्मी, १९ साउनः गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा […]

कोशी मुख्‍य समाचार समाचार

कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने हुन्छ । तर, कानुनमै भएको […]

बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि

स्तनपान आमाको कर्तव्य तथा शिशुको अधिकार

काठमाडौँ, १९ साउन : विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो समाजमा स्तनपान गराउँदा दुख्छ, स्तनको मुख ठूलो हुन्छ, स्तनपान गराउँदा कुनै औषधि सेवन गर्नु हुँदैन, स्तनपान गराउनुअघि सादा खाना […]

कर्णाली मुख्‍य समाचार समाचार

तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म कालीकोट, १९ साउनः बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सक सहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा […]

मधेश मुख्‍य समाचार समाज

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

जनकपुरधाम, १९ साउनः पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम […]

बागमती मुख्‍य समाचार समाज

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न आग्रह

चितवन । सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाको नेतृत्वमा गएको टोलीले बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय रामनगर र चितवनका प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै पत्र बुझाउँदै हाल ट्रकहरूले […]

बागमती मुख्‍य समाचार राजनीति

संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग […]

बागमती मुख्‍य समाचार राजनीति

कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताएका छन्  । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए  । सो अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।  

मुख्‍य समाचार लुम्बिनी समाचार

बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु नवलपरासी, १९ साउनः बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार […]

बागमती मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ । सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएर लामा काठमाडौं हिडेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।