२८ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपा सांसद प्रधानको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले मधेसमा परेको वर्षापछि किसानले राहत महसुस गरेपनि, सरकारले युरिया मल वितरणमा असमर्थता देखाएको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘भगवानको कृपाले मधेसमा वर्षा भएको छ । किसानले राहत पाएका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं ः शाह 

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् । उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे । उनले बन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए । शाहले भिजिट भिसाका नाममा भएको मानव तस्करीको फाइलको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे । घुस लिएको प्रमाण सार्वजनिक हुनेवित्तिकै मन्त्री राजीनामा दिएको विषय उठाउँदै उनले राजीनामा दिंदैमा अपराधबाट मुक्ति नपाउने जिकिर गरे ।  

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु 

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्। बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरूबाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।(एएनआइ)    

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् । उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने […]

गण्डकी मुख्‍य समाचार समाज

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १९ साउन ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक […]

बागमती मुख्‍य समाचार समाचार

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

काठमाडौँ, १९ साउनः नेपाल पत्रकार महासङ्घ युकेले १४ औँ वार्षिकोत्सव मनाएको छ । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको आइतबार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त उद्घाटन गर्नुभएको जनाइएको छ । सो अवसरमा शाखाले यसै वर्षदेखि सुरु गरेको वर्ष पत्रकारिता […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

काठमाडौँ, १९ साउनः चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । छलफलका क्रममा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्राधिकरणले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलको नेतृत्वले विद्युत व्यवस्थापन गर्न नसक्दा आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि अहिलेको प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरी विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी […]

बागमती मुख्‍य समाचार राजनीति समाज

यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनुपर्ने : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका छन् । सोमबार ललितपुरमा भएको काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले गरेको अध्ययन बारेको कार्यक्रमलाई संवोधनका क्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नुपर्ने बताएका हुन् । छिटो, छरितो र गुणस्तरीय सेवा […]

बागमती मुख्‍य समाचार समाचार

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

काभ्रेपलाञ्चोक, १९ साउन ः यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गर्नुभयो । “रेडक्रसले विपद्मा धेरै काम गरेको छ, […]

बागमती मुख्‍य समाचार समाचार

भोजन लिपी स्वादले सिंहदरबारमा कोदोका परिकार पस्किने

काठमाडौँ, १९ साउन : कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ । नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने […]

कोशी बैंक–वित्त मुख्‍य समाचार समाचार

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी, १९ साउनः झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भएपनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल भानुले बताए । अहिले ठूला सहकारीमा […]