काठमाडौँ–मन्थली सडक अवरुद्ध
मन्थली रामेछाप, ४ भदौ : लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिए। यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।










