१७ चैत्र २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ माघः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । यस्तै, आज पाउन्ड […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ, २२ माघ ः निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधी क्रिस्टियन होल्जबिच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागू औषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी छलफलमा उनले पहिलाका नेताहरुले सबैका लागि सोचेर काम गरेपनि बीमालाई एकद्वार प्रणालीबाट लागू गरे गरिब, निमुखा, वृद्धले सुविधा पाउने बताइन् । उनले भनिन्, ‘जसलाई दिनुपर्ने हो त्यसले त […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटमा सुरक्षा व्यवस्था कडा, मतदान केन्द्रको स्थलगत निरीक्षण

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी रौतहट जिल्लामा सुरक्षा रणनीतिलाई प्रभावकारी बनाइएको छ । निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा गराउने मुख्य उदेश्यका साथ नेपाली सेनाको परिचालनसँगै जिल्लाका सुरक्षा निकायहरूले आफ्नो सक्रियता बढाएका छन् । यसै सन्दर्भमा, आज बुधबार रौतहट क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न संवेदनशील तथा सामान्य मतदान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए । उनले रास्वपाबाट झापा–५ का उम्मेदवार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एलपी ग्यास अभावको हल्ला निराधारः चण्डीका भट्ट

काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन्। मंगलबार श्री राष्ट्रिय सेवा दल मध्य तालिका शिक्षालयद्वारा आयोजित वार्षिक सामूहिक क्याम्प दीक्षान्त कवज कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय सेवा दलको तालिमले युवालाई जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण भूमिका खेलेको बताइन्। प्रधानमन्त्री कार्कीले क्याडेट छात्रछात्रालाई सम्बोधन गर्दै तालिमले आधारभूत सुरक्षा, सैनिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौँ, २१ माघ स् प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेका छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार ७ सय ७२ जना महिला उम्मेदवार समावेश छन्। यस्तै, एक हजार ३ सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्। समानुपातिकतर्फ […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले […]