९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो । बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका छन्। आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा ः प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज असार ७ गते आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको पार्टीले जनाएको छ। महाधिवेशनको भव्य उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ। उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कोशी प्रदेशका पहाडी तथा तराई भूभाग केही स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार

फिफा विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट

काठमाडौं । फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ । तर किशोर अवस्थामै विश्वकपमा गोल गर्ने अवसर भने निकै दुर्लभ उपलब्धि हो । विश्वकपको इतिहासमा १९ वर्ष नपुग्दै गोल गर्ने खेलाडीको संख्या निकै सीमित छ, जसमा ब्राजिलका महान फुटबलर पेले सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीका रूपमा आजसम्म शीर्ष […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

महिलाका लागि सातै प्रदेशमा गुड्नेछन् निःशुल्क ‘ब्लु बस’, १०० दिनभित्र २५ वटा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । […]

अर्थ मुख्‍य समाचार

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता: एकैदिन २४ सयभन्दा बढी सवारीचालक कारबाहीमा, १९ लाख ६० हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीको पर्यटन अभियान: मकालु बेस क्याम्प ट्रेकको १७ दिने रुट सार्वजनिक, भने – “यो आकर्षक हिमाली गन्तव्य हो”

काठमाडौं । प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन) ले मकालु–बरुण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मकालु बेस क्याम्प ट्रेकको विस्तृत यात्रा तालिका सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै १७ दिने मकालु बेस क्याम्प ट्रेकको मार्ग, गन्तव्य र विशेषताबारे जानकारी दिएका हुन् । बालेनले मकालु–बरुण उपत्यकालाई पूर्वी नेपालको अत्यन्तै आकर्षक हिमाली गन्तव्यका […]

खेलकुद मुख्‍य समाचार

फिफा विश्वकप २०२६: हाइटीमाथि ब्राजिलको सहज जित, कुन्हा र भिनिसियस चम्किए

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ । फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले पहिलो हाफमै तीन गोल गर्दै जितको आधार तयार पारेको थियो । माथेउस कुन्हाले २३ औं र ३६ औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो अग्रता […]

खेलकुद मुख्‍य समाचार समाचार

फिफा विश्वकप २०२६ : स्कटल्यान्डलाई स्तब्ध पार्दै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । अमेरिकाको बोस्टन स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको रोमाञ्चक खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै मोरक्को समूह ‘सी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । खेलको दोस्रो मिनेटमै मोरक्कोका लागि इस्माइल साइबारीले गरेको सुरुवाती गोल नै खेलको निर्णायक गोल बन्यो । उनलाई ब्राहिम डियाजले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–सुविधामा नेपाल राष्ट्र बैंकको नयाँ मापदण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधालाई व्यवस्थित, पारदर्शी र कार्यसम्पादनमुखी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ । मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यवसायको आकार, नाफा, सुशासन तथा दीर्घकालीन स्थायित्वलाई आधार बनाइनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि […]