९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । कउनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार

व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी […]

बागमती मुख्‍य समाचार समाचार

चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्छ : राष्ट्रपति 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पु¥याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पु¥याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने […]

बागमती मुख्‍य समाचार समाचार

भौतिक पूर्वाधारसँगै शिक्षामा लगानी आवश्यक छ : सांसद मगर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताइन् । उनले भनिन्, ‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आफ्नो दलको फरक धारणा रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठन भएको धेरै समय नभएकाले सरकारले के गर्यो वा गरेन भन्ने बहसभन्दा पनि सरकारले सार्वजनिक गरेका नीति, बजेट, ऐन र विधेयकप्रति आफ्नो असहमति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विकासलाई हेर्ने हाम्रो दृष्टिकोण बदल्न जरुरी छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक, अग्ला भवन वा राम्रो भोजनसँग मात्र जोडेर हेर्न नहुने बताएका छन् । प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मत संभार तथा पुनस्र्थापना समितिको अगुवाइमा निर्माण भएको भवन तथा संरचनाहरु हस्तान्तरण कार्यक्रममा बोल्दै उनले वास्तविक विकास नागरिकको जीवनस्तर, सुरक्षा र सम्मानसँग सम्बन्धित हुने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शन भयो ः सांसद ओली 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद, संवैधानिक निकायहरूको स्वतन्त्रता, प्रशासनिक संयन्त्रमा बढ्दो हस्तक्षेप तथा कूटनीतिक मर्यादासम्बन्धी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले सदनमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री नै कुलपति हुने भएकाले राजनीतिक प्रभाव पूर्णरूपमा हट्न सकेको छैन :सांसद बराल

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु प्रसाद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त […]

बागमती मुख्‍य समाचार समाचार

सीमा रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं : सांसद विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन्। शुक्रबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डता विपरीत रहेको दाबी गरे। ‘म सुदूरपश्चिम प्रदेशको बासिन्दा र महाकाली साझा हो, पानी आधा–आधा हो भन्ने चर्चित आन्दोलन तथा कालापानी मार्चपासमा सहभागि एकजना विद्यार्थी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ :अध्यक्ष राई 

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ । छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, […]