१३ असार २०८३, शनिबार
मुख्‍य समाचार लुम्बिनी समाचार

हुरीले दुई बिघाको केराखेतीमा क्षति

घोराही दाङ, २३ वैशाखः यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ । घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए । माध्यामिक विद्यालय हापुर रतनपुरको […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

बाँकेमा २६ वैशाखमा राष्ट्रिय अन्तरविद्यालय पौडी प्रतियोगिता हुँदै

बाँके । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता आयोजना हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ सञ्चालन गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक सूर्यमणि अधिकारीले देशभरका १८ विद्यालयका एक सयभन्दा बढी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘भोली ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीस […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य तथा बुढ्यौली सचेतना कार्यक्रम

रामेछाप । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुधार र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित रामेछापमा ‘स्वास्थ्य बुढ्यौली कार्यक्रम’ आयोजना गरिएको छ। जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई आहार, व्यवहार, योग, ध्यान लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा चिकित्सालयका डाक्टर उत्तम गैरेले उमेरसँगै देखिने शारीरिक परिवर्तनलाई ध्यानमा राख्दै […]

बागमती मुख्‍य समाचार समाचार

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो । अदालतको आदेश अनुसार, प्रतिवादी […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा भुसालको चेतावनी : ‘नागरिक डराए परिणाम राम्रो हुँदैन’

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए । उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

होर्मुज जलमार्गमा इरानको नयाँ नियमः जहाजलाई ट्रान्जिट अनुमति अनिवार्य

तेहरान । इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब उक्त जलमार्ग हुँदै जाने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) अनिवार्य रूपमा लिनुपर्ने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ‘पर्शियन गल्फ एन्ड स्ट्रेट्स अथोरिटी’ मार्फत जहाज सञ्चालक कम्पनीहरूलाई विद्युतीय निर्देशन पठाइनेछ, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना […]

मधेश मुख्‍य समाचार समाचार

सिरहामा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाउने तयारी

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्दै अतिक्रमण हटाउने अभियानलाई कडाइका साथ अघि बढाउने जनाएको छ । यस सम्बन्धमा प्रशासनले सबै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयलाई आधार मानेर जारी गरिएको सूचनामा सार्वजनिक तथा सरकारी जग्गामा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

काठमाडौं । भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके) र यसको नेतृत्व गरिरहेका विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा पूर्ण समर्थन घोषणा गरेको छ । तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रमा जनताले टिभिकेलाई “स्पष्ट, बलियो र व्यापक” जनादेश दिएको उल्लेख गरिएको छ । […]

बागमती मुख्‍य समाचार समाचार

हान्टा भाइरसको संक्रमण बढेसँगै दक्षिण अफ्रिकामा उच्च सतर्कता अपनाइयो

काठमाडौं । दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै गरेको ‘होन्डियस’ क्रुज जहाजमा देखिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन् । १४७ यात्रु तथा चालक दल सदस्य बोकेको उक्त जहाज हाल केप भर्ड नजिक क्वारेन्टाइनमा राखिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ । बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार बगाएका […]