२८ असार २०८३, आईतवार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा […]

राजनीति समाचार

पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैन : महासचिव बास्तोला

काठमाडौं । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामाकुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिने समेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमागम्भिर समस्या देखिन थालेको बताए […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्नुपर्छ : रेखा शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन् । आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छ : सांसद कुँवर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे । उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले […]

मुख्‍य समाचार विशेष समाचार समाचार

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै […]

राजनीति समाचार

पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए । ‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ […]

राजनीति विशेष समाचार

राप्रपा र रास्वपाले गर्योे प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनिप्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसाद विराजभक्तश्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कादिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद शाहले भिजिट भिसाप्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्मआफुहरुको आन्दोलन जारी रहने बताएकाथिए । रास्वपा र राप्रपाले […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए । उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभामुख घिमिरेसमक्ष कुलिङ पिरियड’ छानबिनसमितिको प्रतिवेदन पेस

काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चातसमितिले प्रतिवेदन तयार गरेको हो ।यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो । गत असार २३ गते संघीय निजामती सेवा […]

राजनीति समाचार

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदकालागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी […]