गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ
काठमाडौँ, ४ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको तमू कए पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए। कुनै […]











