२७ असार २०८३, शनिबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

युरोप र अमेरिकाका नेताहरू रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरूमा सहमतः जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकाका नेताहरु रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरुमा सहमत भएको बताएका छन् । युक्रेनफर्म समाचार एजेन्सीको रिपोर्ट अनुसार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले जोड दिए कि युक्रेन, रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्छ । युक्रेनसँग सम्बन्धित सबै कुरा युक्रेनसँग मात्र छलफल गरिनुपर्छ, उनले युक्रेन, रुस र संयुक्त राज्य अमेरिका सम्मिलित त्रिपक्षीय वार्ताको तयारीको लागि आह्वान गर्दै भने । जेलेन्स्कीले युक्रेनको लागि युद्धविराम र सुरक्षा ग्यारेन्टीको आवश्यकतालाई जोड दिए । उनले युद्धविराममा सहमत हुन अस्वीकार गरेमा रूसमाथि कडा प्रतिबन्ध लगाउन पनि आग्रह गरे । बुधबार बर्लिन आइपुगेका जेलेन्स्कीका अनुसार, उनले र मेर्जले सोही दिन पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव मार्क रुट लगायतसँग भिडियो बैठक गरेका थिए । ट्रम्पले अगस्ट १५ मा अमेरिकी राज्य अलास्का राज्यमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कार्यक्रम छ । मेर्जले आफ्नो तर्फबाट भने कि उनी र अन्य युरोपेली सहभागीहरूले ट्रम्पलाई पाँच सिद्धान्तहरू दोहो¥याए । यसैबीच, बैठकका अन्य सहभागीहरूले पनि आफ्नो अडान व्यक्त गरे । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि ट्रम्पले रूसी पक्षसँगको आगामी बैठकमा युद्धविराम हासिल गर्ने आफ्नो मनसाय संकेत गरेका थिए र अमेरिकी पक्षले भविष्यमा अमेरिका, रुस र युक्रेनलाई समावेश गरी त्रिपक्षीय वार्ता गर्न पनि खोजेको थियो । बैठकका सबै पक्षहरू सहमत भए कि युक्रेनको क्षेत्रीय मुद्दाहरू युक्रेनी पक्षसँग वार्ता गरिनुपर्छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले जोड दिए कि अन्तर्राष्ट्रिय सीमानाहरू कहिल्यै पनि बल प्रयोग गरेर परिवर्तन गर्नु हुँदैन, युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्नुपर्छ र युक्रेनको भविष्य सम्बन्धी कुनै पनि निर्णयमा युक्रेनको सहभागिता समावेश हुनुपर्छ । सीसीटिभि  

बागमती मुख्‍य समाचार समाचार

नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  । पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय पहुंचबाट टाढा रहेका खस–आर्यहरु समेत आफनै देशभित्र सदियौं देखि, दमन, उत्पीड़न, अन्याय, अत्याचार र सबै प्रकारका विभदको शिकार हुँदै आएको तथ्य विदितै छ । राज्यसत्ताका मूलप्रवाहबाट बाहिर पारिएका ती नागरिक समूहहरु सबै प्रकारका विभेद तथा शोषणका विरुद्ध पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश तथा प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारको लागी संघर्षरत रहदै आएका छन् । सबै प्रकारको शोषण र विभदको अन्त्य गरी उनीहरुको नागरिक हक, सम्मान, पहिचान, पहुँच र न्यायोचित प्रतिनिधित्वको निम्ति नेपाल सदभावना परिषद्को स्थापना बि.सं. २०४० सालमा गरिएको थियो । नेपाल सद्भावना परिषद्ले विभेद विरुद्धको आन्दोलनका साथै देशमा २०४६ सालको प्रजातन्त्रको पुर्नस्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । २०४६ साल चैत्र २६ गते प्रजातन्त्रको पुर्नस्थापना भई सके पश्चात मधेशको मूलवासीहरुको चाहना र पहाड़का बिभद बिरुद्धका अभियन्ताहरुको परामर्श अनुसार बि.सं. २०४७ साल वैशाख ३ गते तदनुसार ई. सन् १९ अप्रैल, १९९० का दिन गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा रुपान्तरित गरियो । त्यसरी वि.सं. २०४० सालमा स्थापित नेपाल सद्भावना परिषद्का ४२ वर्षको यात्रा र नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै नेपाल सद्भावना पार्टीको वर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म गरिएका सबै प्रकारका अग्रगामी कार्यहरुको यो पार्टी स्वामित्व ग्रहण गर्दछ अर्थात जिम्मेवारी लिन्छ । मधेशको व्यापक हितमा २०७४ बैशाखमा ६ दलीय एकीकरणमा गरिएको विलय र बनाइएको राजपाको गठन पश्चात नेपाल सद्भावना पार्टीलाई पुर्नस्थापित गरिएको थियो । त्यसरी पुर्नस्थापित गरिएको नेपाल सदभावना पार्टीको मेरो नेतृत्वमा गरिएको पुर्नगठनलाई हिजो देखि निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेकोछ । पुर्नगठित नेपाल सद्भावना पार्टीले निम्नानुसारको आफ्नो पुरानो सैद्धान्तिक प्रतिबद्धता एक पटक पुनः स्मरण गर्दछ र बर्तमान परिस्थितिमा समेत त्यस प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दछ ः सौदान्तिक प्रतिवद्धता १) मधेश आन्दोलनका शहिदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भैरहेको अशोभनिय र अमर्यादित कार्यको पार्टी भत्सना गर्दछ र मधेश आन्दोलनका शहिदहरुको अन्य आन्दोलनका शहिदहरु सरह सम्मान स्थापित गराउन पार्टी पूर्ण प्रतिबद्धता प्रकट गर्दछ । २) महिला, दलित, मुस्लिम, पिछडावर्ग सहितका मधेशी, पहाड़का आदिवासी–जनजातिहरु, रानाथारु एव थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाड़का दलित, पीछडिएका क्षेत्रको जनता सहित वर्गीय र शासकीय पहुंचबाट टाढा रहेको कतिपय खस आर्यहरु समेत आफ्नै देश भित्र सदियौं देखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेका त्यस्ता नागरिक समुहहरु संगको सबै प्रकारका विभेद र शोषण र सबै प्रकारको सिमान्तिकरणको समूल अन्त्य गरी उनीहरुको सम्मानपूर्ण नागरिक हकका साथै उनीहरुको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारका लागी अर्थात मजबूत संघीयता र अर्थपूर्ण समावेशीकरणको पक्षमा संघर्षरत रहने, ३) पार्टीको स्थापनाकालिन उद्देश्य एकीकृत नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी संघर्षरत रहने, ४) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैंगिक, […]

बागमती मुख्‍य समाचार राजनीति

नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् । विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए । मुख्यमन्त्री कार्कीले नेपालमा संस्थाहरू खोलिने तर त्यसलाई ध्यान नदिइने प्रवृत्तिको […]

बागमती मुख्‍य समाचार समाचार

मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी

काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए । उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । […]

बागमती मुख्‍य समाचार राजनीति

रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’

काठमाडौं ।  कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको छ । कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विगत चार महिनादेखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा रहेका रवि लामिछाने छुट्टै कोठामा […]

बागमती मुख्‍य समाचार समाचार

हाँडी जातिलाई माझीको पहिचान दिन माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  । उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई […]

बागमती मुख्‍य समाचार समाचार

किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै […]

बागमती मुख्‍य समाचार राजनीति

तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु […]

बागमती मुख्‍य समाचार राजनीति

खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला फुटबल खेलाडी र टिमहरुले राम्रो गर्न सक्ने भन्दै सरकारले यसतर्फ […]

बागमती मुख्‍य समाचार राजनीति

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन् : सांसद प्रधान

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर कुलिङ […]

बागमती मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् । प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको […]

बागमती मुख्‍य समाचार

नेपालभर लजिस्टिक्स रूपान्तरणका लागि उपाय नेपालले २८ करोडको लगानी सुरक्षित गर्यो

काठमाडौं । लजिस्टिक्स क्षेत्रमा अग्रणि संस्था उपाय नेपालले लजिस्टिक्स रुपान्तरणका लागि २८ करोड रुपैयाँ बराबरको लगानी सुरक्षित गरेको छ । उपायले डोल्मा इम्प्याक्ट फण्ड बाट २८ करोड रुपैयाँ बराबरको लगानी सफलता पूर्वक सुनिश्चित भएको जनाएको हो । यस लगानीले नेपालभरि लजिस्टिक्स प्रणालीलाई छिटो, प्रभावकारी र समावेशी बनाउन उपायको यात्रामा एक महत्वपूर्ण उपलब्धि हुने कम्पनीले जनाएको […]