१७ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार

मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदै

जलेश्वर महोत्तरी, १५ भदौः पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् । मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा सक्खर हालेर बनाइएको एक प्रकारको पकवान पकाएर, केरा, मकै, काँक्रो, स्याउ लगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

कञ्चनपुर, १५ भदौः कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा छन् । पच्चीस वर्ष बितिसक्दा पनि उहाँका बुबा तारानाथ चौधरी घर फर्कीएका छैनन् । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी मजदुरी काम गरिरहेकै उनी बेपत्ता भएको थिए । तत्कालीन समयमा नौ वर्षका रहेका सनम अहिले पनि बुबाको अनुहार झलझल्ती सम्झिन्छन् । उनी भन्छन्, […]

गण्डकी मुख्‍य समाचार समाज

बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती

वालिङ स्याङ्जा, १५ भदौः यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् । विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय […]

खेलकुद बागमती विशेष समाचार

वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट : नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने

काठमाडौँ, १५ भदौः के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्टमा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे हिमालयन चितुवा रिङमा उत्रने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ ७ सेप्टेम्बर २०२५ गते जापानको टोकियो सहरमा सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । ‘हिमालयन चितुवाका नामले विश्व परिचित बक्सर घिमिरे सहित चीन, बुलगेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, […]

कोशी मुख्‍य समाचार समाचार

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज

भोजपुर, १५ भदौः गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् । दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ–५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा […]

बागमती मुख्‍य समाचार समाचार

यसवर्षको पद्मश्री साहित्य पुरस्कार छालबाटो लाई

काठमाडौँ, १५ भदौ : खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति छालबाटो लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

चीन, १५ भदौ : शाङ्घाई सहयोग सङ्गठन एससिओको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र राइस कोर प्लान्टिङ एरियाको भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका हुन् […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन गरेका छन्  । चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।  

मधेश मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  । शनिबार साँझ वीरगन्ज पुग्नु भएका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् । “पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ,“ भनी स्थानीय बिरामी बसन्त पन्तले बताए । त्यस्तै अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरिन् । उक्त सहयोग केन्द्र यस वर्ष मार्च महिनामा स्थापना गरिएको हो, जसलाई चीनले साघाई सहयोग संगठन (एससीओ) अन्तर्गतको स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत अघि बढाएको हो । नेपाल हाल एससस्ओको संवाद साझेदार राष्ट्र हो । चीनले २०२२ मा घोषणा गरेको ३ वर्षभित्र एससीओ सदस्य मुलुकका बिरामीलाई दुई हजार निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने योजनामा पनि नेपाल समावेश छ । सिभिल सर्विस अस्पतालका चिकित्सकहरूले नयाँ उपकरणले मोतिबिन्दु, ग्लुकोमा लगायतका आँखाका रोगको उपचारमा कार्यक्षमता बढाएको बताएका छन् । नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतका अनुसार, “यसले अस्पतालको शैक्षिक गतिविधि र बाहिर बिरामी जाँचमा ठूलो सहयोग पु¥याएको छ । अब घाउ पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारण गर्न सजिलो भएको छ ।” सीसीटीभी  

खेलकुद बागमती मुख्‍य समाचार

असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ । तीन खेल खेलिसकेको नेपालले एक खेलमा हार व्यहोर्दै लगातार दुई खेलमा विजयी भएको छ । आइतबार चौथो खेल साँझ ५ बजे खेल्दै छ । यो खेलको आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ। क्यानले घोषणा गरेको टिममा […]