१७ आश्विन २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय […]

प्रवास मुख्‍य समाचार समाचार

एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताएका छन् । उनले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै सो नागरिकता कार्यान्वयनका साथै समग्र विषयमा आवाज उठाउन पनि एकताबद्ध एनआरएनए हुनुपर्नेमा जोड दिए । शुक्रबार राजधानीमा भएको विशेष समारोहमा आचार्यले एनआरएनएहरु विभाजित हुँदा गैर […]

प्रवास समाचार

एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् । सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशनबाट आफू अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भइसकेकाले फेरि अर्को महाधिवेशन असम्भव भएको उनको भनाइ छ । शुक्रबार राजधानीमा भएको विशेष समारोहमा अध्यक्ष श्रेष्ठले अक्टोबरको महाधिवेशन सम्भव नरहेको र रोकिने स्पष्ट पारे […]

मुख्‍य समाचार समाचार

विद्यार्थीलाई विदेश पलायनबाट रोक्ने निजी विद्यालयप्रति सरकार किन यति कठोर ?

काठमाडौं । सरकारले अघि सारेको विद्यालय शिक्षा विधेयकप्रति नीजि विद्यालय संचालकहरुले विमति राख्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले विधेयकमा संशोधनको माग गर्दै गत सातादेखि सडक आन्दोलन गरिरहेका हुन् । आन्दोलनमा आएका विनोद देवकोटाले आफुले राखेका मागहरु पूरा हुनैपर्ने दावी गरे । उनले सरकारले अहिले पूर्ण छात्रवृत्तिको कुरा गरेतापनि आफुहरुले केही प्रतिशत मात्र  दिनसक्ने बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कवि बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र ?’कविता संग्रह सार्वजनिक कार्यक्रममा उनले यो कविता संग्रहमा भएको कविताहरु कस्तो नराम्रो जस्तो लाग्न सके पनि त्यसले सबैलाई ऐना देखाउने काम गरेको बताए । उनले भने, ‘विसु […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे […]

मुख्‍य समाचार राजनीति समाचार

अरुलाई टुक्राउने र शत्रु बनाउने अनि हामीलाई एक्ल्याउने प्रयास भइरहेको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई कमजोर बनाउने र खतम बनाउने सोचलाई स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभाइदिने सोच देखिएको भन्दै पार्टीलाई कमजोर बनाउने सोच स्वीकार गर्न नसकिने बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

सांसदहरुको आक्रोश : सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् । ‘रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार […]

मुख्‍य समाचार समाचार

नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रदेवसम्म

काठमाडौं । नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो । त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन् । नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित […]

अर्थ मुख्‍य समाचार समाचार

नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ : अर्थमन्त्री नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई छिटोभन्दा छिटो एफएटीएफको ग्रे लिष्टबाट बाहिर निकाल्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सरकार कुनै कसर बाँकी नराखी सुधारात्मक कार्य योजना कार्यान्वयनमा लगेको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘नेपाल ग्रे लिष्टबाट मात्र बाहिरिने होइन, भविष्यमा […]

अर्थ मुख्‍य समाचार समाचार

किसानको भुक्तानी रोक्ने प्रधानमन्त्री नै हुन् : उखु किसान

काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुको काठमाडौंकेन्द्रीत आन्दोलन जारी छ । उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा आइतबारदेखि प्रर्दशन गरेका हुन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले […]