१७ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार

हराएका बालक इनारमा मृत अवस्थामा फेला

रौतहट । रौतहटको गुजरा नगरपालिका–९ सिमराभवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन । स्थानीय बिजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्की नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन । प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो । गुजरा नगरपालिका–८ स्थित बालककोघर देखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो । शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि प्रधानमन्त्री […]

बागमती मुख्‍य समाचार समाचार

उर्जा सचिवको विदाइमा मन्त्री खड्काले भने ः उहाँ कुशल प्रशासक हो, राज्यले अझै उपयोग गर्छ

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे । मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ ।’ २०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्नुहुँदै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे । सो क्रममा सचिव सुरेश आचार्यले पनि भावुक मन्तव्य दिएका थिए । सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गर्दै उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ ।’ आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैं तयार हुनेछु ।’ कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिए । विदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह–तप्काका कर्मचारीहरूको सहभागिता थियो ।

मधेश मुख्‍य समाचार समाचार

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ । श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चारपाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मुल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौ धौ परिरहेको असौजी […]

बागमती मुख्‍य समाचार समाचार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । आइतबार हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्दै बैठक सम्पन्न भएको हो । त्यस्तै बैठकमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले टेलिफोनको लाइनको तारहरु विच्छाउने कुरा, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे । मन्त्री पौडेलले इतिहास, योगदान र […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले भदौ ९ गते […]

मुख्‍य समाचार लुम्बिनी समाचार

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनैपनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपाली भात खान नपाइने भयो’, उनले भने । ‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’ उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले […]

बागमती मुख्‍य समाचार राजनीति

विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन् । शीतल निवासमा भएको भेटमा नेशनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी […]

मुख्‍य समाचार लुम्बिनी समाचार

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा ‘टंकमणि ः एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध […]

मधेश मुख्‍य समाचार समाचार

सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी […]

मधेश मुख्‍य समाचार समाचार

दुर्गम जिल्ला मुगुमा सिभिल इन्जिनियरिङ अध्यापन सुरू

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनको सुरुवात भएको छ । आईतबार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङको पठनपाठनको उद्घघाटन साथै शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको […]