१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

काठमाडौँ, १८ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक०मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ […]

कर्णाली मुख्‍य समाचार समाचार

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

सिमकोट हुम्ला, १८ भदौः हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन गाभ्ने निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यहाँका स्थानीयले विद्यालय समायोजन गाभ्ने गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मङ्गलबार लगाएको ताला आज पनि […]

बागमती मुख्‍य समाचार समाचार

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको  बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । ‘निजी […]

बागमती मुख्‍य समाचार राजनीति

भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइन : पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि नभई सदस्यता निर्णयसँग सम्बन्धित रहेको बताए । ‘केन्द्रीय कमिटीको बैठकमा […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्से निरन्तर घट्दो, कारोबार रकमा भने सामान्य सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ । यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा […]

कोशी मुख्‍य समाचार समाचार

कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

इटहरी ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा […]

बागमती मुख्‍य समाचार समाचार

सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भए पनि उब्जाएका सुपारीहरु बजारमा पठाउन समस्या रहेको बताए । उनले सुपारीहरुको […]

बागमती मुख्‍य समाचार समाचार

मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई

काठमाडौँ, १८ भदौः मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेका छन् । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्ली बजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भएकी छन् । यसैगरी दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभएकाले राहत महशुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए । […]

मधेश मुख्‍य समाचार समाचार

निजी विद्यालयहरुको अन्तिम जिल्लास्तरीय शान्तिपूर्ण प्रदर्शन सम्पन्न

जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले बुधबार (आज) जनकपुरधाममा अन्तिम पटक प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका छन् । निजी विद्यालयहरुको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका सञ्चालहरुले निजी भवन देखि विरोध […]

मधेश मुख्‍य समाचार समाचार

दशैंलक्षित सस्ता बजारको तयारी सुरु

जनकपुर । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाला पक्षहरुबीच छलफल भएको छ । छलफलमा बजारको अनुगमन, बजारमा उपलब्ध गराइने सामानहरुको […]