१७ आश्विन २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङ कारागार स् एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ, १८ भदौः जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षा कर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् । आधा शताब्दी भन्दा धेरै पुरानो […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

लिपुलेकमुनिका गाउँका पीडाः न बाटो छ, न सञ्चार

दार्चुला, १८ भदौः कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा धर्ना दिएका छन् । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत आज (बुधबार) राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेको हुन् । नेपाल शिक्षक महासंघले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम अन्तरगत आज राप्रपाको […]

बागमती मुख्‍य समाचार समाचार

चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश ः इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ । उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई मूल्याङ्कन गर्न र उज्ज्वल भविष्य निर्माण गर्न आग्रह गरे । चीनले १४ वर्ष लामो संघर्षपछि ३ करोड ५० लाखभन्दा बढी जनताको बलिदानका साथ विजय हासिल गरेको इतिहास स्मरण गर्दै सीले भने, “इतिहास केवल सम्झनकै लागि होइन, आगामी पुस्तालाई मार्गदर्शन गर्नका लागि हो ।” यस सन्देशले चीन आजको अन्तर्राष्ट्रिय राजनीतिमा शान्ति, सहकार्य र बहुध्रुवीय विश्वको समर्थनमा रहेको संकेत गर्दछ । विश्लेषकहरूको भनाइमा, सीको यो सम्बोधन चीनको “इतिहास–आधारित राष्ट्रवाद” लाई बल दिनुका साथै, विश्व समुदायलाई चीन शान्तिपूर्ण विकासको मार्गमा अग्रसर रहेको सन्देश पठाउने प्रयास हो । सन् २०१४ देखि सेप्टेम्बर ३ लाई ‘जनप्रतिरोध युद्ध विजय दिवस’का रूपमा मनाउने निर्णय पनि यही रणनीतिक सन्देशसँग जोडिएको मानिन्छ ।  

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवालिन बिमाकै भर

चितवन, १८ भदौः गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ । सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

कञ्चनपुर, १८ भदौः शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् । विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दावेदार

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विषय बनेको छ । अधिवेशनमा अध्यक्ष पदका लागि हेटौंडा–४ निवासी उमेश थापा दावेदारका रूपमा अघि आएका छन् । विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको […]

गण्डकी मुख्‍य समाचार समाचार

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दी, १८ भदौ : आर्थिक वर्ष २०८२र ८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न चार करोड २३ लाख बजेट प्राप्त भएको छ । किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा रुपैँया दुई करोड ९९ लाख २० हजार, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु। एक करोड ६४ लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा रु। […]

बागमती मुख्‍य समाचार समाचार

चौताराका किसान अलैँची खेतीमा आकर्षित

चौतारा सिन्धपाल्चोक, १८ भदौ ः अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग […]

कोशी मुख्‍य समाचार समाचार

आलेख : बिरानो बन्यो मेची पारिको नेपाल

झापा, १८ भदौ : मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ । यहाँका लगभग डेढ सय बासिन्दा दिनदिनै उपभोग्य वस्तु किन्न भारतीय बजार धाउँछन् । बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली विशेष सैनिक परेड मा सहभागी

बेइजिङ चीन, १८ भदौः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए । जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

रानी जमराको कृषिकार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

भजनी कैलाली, १८ भदौः राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ । यो कार्यक्रम अन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध […]