२६ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग

काठमाडौँ, ४ भदौः नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी […]

बागमती मुख्‍य समाचार समाज

काठमाडौँ–मन्थली सडक अवरुद्ध

मन्थली रामेछाप, ४ भदौ : लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिए। यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।

कोशी मुख्‍य समाचार समाचार

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल इलाम, ४ भदौ : केचना–कञ्चनजङ्घा मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

दोधारा चाँदनी कञ्चनपुर, ४ भदौः जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए। उनका अनुसार ठेक्का मार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै

काठमाडौँ, ४ भदौः दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोग सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

काठमाडौं । सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो […]

कोशी मुख्‍य समाचार समाचार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर, ४ भदौः टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार

सूचना नपाएको सूचना अधिकारीको गुनासो

खोटाङ, ४ भदौः दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताए । […]

कर्णाली मुख्‍य समाचार समाचार

बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

अदानचुली हुम्ला, ४ भदौः सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् । सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् । यसैबीच, जग्गा वर्गीकरण […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

लम्की कैलाली ४, भदौः बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन् । नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूरा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको […]

मधेश मुख्‍य समाचार समाचार

वडा अध्यक्ष साहको निधन

राजविराज सप्तरी, ४ भदौः राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताए । जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन […]

बागमती मुख्‍य समाचार समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक, ४ भदौ: अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उहाँलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहनुभएका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उहाँलाई धुलिखेल […]