१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छः संयोजक दाहाल

काठमाडौँ, २६ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन् । नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए । नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो । बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए । छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ […]

बागमती मुख्‍य समाचार समाचार

भोट माग्दा विकासको आश्वासन बाँडेको छैन, संसदको गरिमा बुझाउँदैछु : डा. सुन्दर सिंह बोहोर

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका केन्द्रीय प्रवक्ता डा. सुन्दर सिंह बोहोराको घरदैलो अभियान केवल भोट माग्ने औपचारिकता मात्र देखिँदैन । गणतन्त्र, राजसंस्था, धर्म, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

ललितपुर २ को संभावना र समस्या नजिकबाट बुझेको रैथाने उम्मेदवार हुँ : प्रेमकृष्ण महर्जन

ललितपुर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् । वर्षौंदेखि ललितपुरबासीका लागि काम गरेको बताएका उनले आफूले वहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गरे । ‘ललितपुर २ का सबै मतदाताहरुको लामो समयदेखि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता

सर्लाही । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ । मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ । साथै, मधेस प्रदेशको […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल–कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौंमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

काठमाडौं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (अफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं आइपुगेको छ। संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ माघ ः नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड […]