३१ श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् ।

मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए ।

त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी कुरा भएको उनको धारणा छ । यो नीति रास्वपाको घोषणापत्र विपरीत समेत भएको उनले दाबी गरे । ‘एक प्रतिशत नै किन नहोस्,यो नीतिगत कुरा हो नि’, उनले भने ।

अहिलेको सरकारको नीति श्रमिकमारा भएको उनले बताए । श्रमिकहरूको न्यूनतम ज्याला नबढेकोले सरकार श्रमिकको पक्षमा नरहेको उनले बताए ।

हिजो जनार्दन शर्मालाई बजेट हेरफेर गरेको भनी राजीनामा दिन लगाएको स्मरण गराउँदै उनले अहिलेका अर्थमन्त्रीले खुल्लमखुल्ला बजेटको दर हेरफेर गरेको कुरा सन्नमा आएको उनले बताए ।

सरकारले नागरिकको आत्मविश्वास बढाउन नसकेको उनको भनाइ छ । त्यो विश्वास नजगाएसम्म देशमा नै बसेर केही काम गरौँ भन्ने वातावरण नबन्ने उनको धारणा छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।