कान्तिलोकपथमा दुई स्थानमा पहिरो, सडक पूर्ण अवरुद्ध
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोमबार मध्य राति करिब १२:३० बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो खसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली […]











