१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ, २४ भदौः राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन गर्न माओवादी केन्द्रको माग

काठमाडौँ, २४ भदौः प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को पदाधिकारीको आकस्मिक बैठकले जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठनगरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ । सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौँ फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर […]

अर्थ बागमती मुख्‍य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २४ भदौ स् नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मङ्गलबार बिहान ५ बजेसम्म कर्फ्यू निरन्तर

काठमाडौँ, २४ भदौः जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गर्नुभएको आदेशमा शीतल निवास ९राष्ट्रपति कार्यालय० महाराजगञ्ज क्षेत्र, हरितगृह ९उपराष्ट्रपति कार्यालय० लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित

कास्की, २४ भदौः पोखरामा सञ्चालन भइरहेको एभरेष्ट महिला भलिबल लिग इडब्लुभी मा ललितपुर क्विन्स र कर्णाली यसविसले लगातार तेस्रो जित दर्ता गरेका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार सम्पन्न खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो । ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी प्रदर्शनमा चार जना सञ्चारकर्मी घाइते

काठमाडौँ, २४ भदौः जेनजी पुस्ताको सोमबारको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ । साथै एउटा सञ्चारगृहको भवनमा ढुङ्गामुढा भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिअनुसार कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुङ्गाना, स्वतन्त्र पत्रकार शम्भु दङ्गाल […]

बागमती मुख्‍य समाचार समाचार

पहिलो जननिर्वाचित प्रम बिपीको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ भदौः नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गृहमन्त्रालयद्वारा दुःख व्यक्त

काठमाडौँ, २४ भदौः गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र सोबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । घाइतेको शीघ्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, छानबिन समिति बनाइने

काठमाडौँ, २३ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए। आजको घटनाका मृतकको परिवारलाई सरकारले उचित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे । ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

जेन जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित  

काठमाडौं । नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो । जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ । जेन–जीको प्रदर्शनका कारण आज देशभर १९ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दुखीत भएको बताएका छन् । उनले घटनामापरी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरे । उनले भने, ‘मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज […]