२६ असार २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार विशेष समाचार

मेची भन्सार कार्यालय : आयात र निर्यात घट्यो

भद्रपुर झापा, ९ भदौः चालु आर्थिक वर्ष २०८२र ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१र८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंले जानकारी दिए […]

मधेश मुख्‍य समाचार समाचार

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा, ९ भदौः लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पतालले बहिरङ्ग ओपिडी सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच […]

बागमती मुख्‍य समाचार समाचार

बेथानचोकमा ‘कोसेली–घर’ सञ्चालन

काभ्रेपलाञ्चोक, ९ भदौः बेथानचोक गाउँपालिकामा कोसेली–घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो । कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । उनले कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने […]

गण्डकी मुख्‍य समाचार समाचार

दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

नवलपुर नवलपरासी, ९ भदौः बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था आश्रम दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठ लगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको छ । आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु […]

बागमती मुख्‍य समाचार समाचार

बखानमा ‘बखान’को सार्वजनिक

चितवन, ९ भदौः पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गरेका बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो । बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गरेका हुन् । देशकै पहिलो सहकारी स्थापना गरेका राजनैतिक र सामाजिक व्यक्तित्व […]

गण्डकी मुख्‍य समाचार समाचार

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा, ९ भदौः गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८२÷८३ का […]

बागमती मुख्‍य समाचार समाचार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ । यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण […]

बागमती मुख्‍य समाचार विचार

तीजमा महिलाले मात्र ब्रत बस्नुपर्ने भन्ने छैन्, पुरुषले बस्दा हुन्छ

तीज भनेको तीन दिन मनाउने हो । नाचगान गर्ने वा महिना दिनसम्म रमाइलो गर्ने कुरा शास्त्रमा छैन् । महिना दिनदेखि तीज मनाएर सारा खर्च गर्ने वा होटल बुक गर्ने कुरा विकृति हो । यसरी मनाउनु भनेर शास्त्रले पनि भनेको छैन् । तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ । शास्त्रीय रुपमा तीजमा महिला र पुरुष दुवैले व्रत बस्नुपर्ने भएपनि सामाजिक रुपमा महिलाले श्रीमानको दीर्घायूको कामनाका लागि ब्रत बस्नुपर्छ भन्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुन नपरोस, नारीले अटल सौभाग्य र अविवाहितहरुले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको पाइन्छ । किन र कसरी बस्ने व्रत ? शास्त्रले पतिलाई पनि राम्रो होस् जन्मिएका सन्तानहरुलाई राम्रो होस्, परिवारको कल्याण होस् भनेर तीजको व्रत बस्ने हो । यस लोकमा सुखशान्ति होस्, मरेपछि सद्गति प्राप्त होस् भनेर  तीजको व्रत बस्ने हो । व्रतबारे नबुझेर कतिपय दिदीबहिनीहरु गुनासो पनि गर्नुहुन्छ । त्यो भने बेठिक हो । तीज भनेको एक दिन अर्थात तृतियाको दिन मनाउने हो । दितृयाको दिन दर खाने हो । तीज मनाउँदा नुहाईधुवाई गर्ने सफा अनि चोखो बस्त्र लगाउने, शिवजीको पूजा गरि दर्शन गर्ने हो । शिवजीबाट आशिर्वाद लिने हो । तीजको ब्रत तीन तरिकाले बस्नुपर्छ । निराहार, फलहार र जलहारका रुपमा बस्नुपर्छ । तीजको ब्रत बस्दा पतिको आयूको लागि हामी बस्दैनौँ भन्ने महिला धेरै हुन्छन् । नबस्नेलाई कुनै कर हुँदैन । ब्रत बस्ने, पुजाआजा गर्ने चाडपर्व मनाउने कुरा श्रद्धाको कुरा हो । जसको आस्था, निष्ठा, श्रद्धा र विश्वास छ उसैले मनाउने हो चाडपर्वहरु । जसको आस्था छैन उसले मनाउने होइन । तर अहिले महिलाहरुले एक महिना अघिदेखि तीज मनाउनुहुन्छ, त्यो अनावश्यक हो । चल्ती अनुसार भन्दैमा विकृति र विसंगति भित्रिनु भएन् । तीजको ब्रतमा केही खानु हुँदैन भन्ने होइन, आफ्नो स्वास्थ्य हेरेर ब्रत बस्ने हो । कसैले निराहार बस्छन । कसैले जलहार बस्छन् र कसैले फलहार बस्छन् । आ–आफ्नो रोजाइ हो । ब्रत महिला–पुरुषले नै बस्ने हो तीज शिवजीको उपासना गर्ने हो । महिलाले मात्र ब्रत बस्नुपर्छ भन्ने होइन । पुरुषले पनि ब्रत बस्दा हुन्छ र बस्ने गरेको पनि पाइन्छ । दिनभर भोको बसेर शिवजीको पूजा गर्ने, शिवजीबाट आशिर्वाद प्राप्त गर्ने, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण

काठमाडौं । रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको […]

खेलकुद बागमती मुख्‍य समाचार

यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै

काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ । टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरण र सेमि–फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ । राइजिङ स्टार एकेडेमीका अध्यक्ष […]

बागमती मुख्‍य समाचार समाचार

कर्णाली प्रदेश र सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै  बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]