१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

काठमाडौं । जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी […]

कोशी मुख्‍य समाचार विशेष समाचार

इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी

इटहरी । देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो । बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसविरुद्ध भइरहेको जेन–जी पुस्ताको आन्दोलनबारे गहन छलफल भइरहेको जनाइएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १३ जना प्रदर्शनकारीको निधन भएको हो । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

काठमाडौं । काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् । ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ । घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । […]

मुख्‍य समाचार विशेष समाचार समाचार

नेकपा (माओवादी केन्द्र) को आकस्मिक बैठक 

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ । बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।  बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।  

मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको हो भने सिभिल अस्पतालमा २ जना को मृत्यु भएको हो । त्यस्तै, एक जनाको घटनास्थलमै मृत्यु भएको हो । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजीको प्रदर्शनमा ७७ जना घाइते, दुई जनाको मृत्यु

काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुगेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी प्रदर्शनमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा ७७ जना घाइते भएका हुन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ । उक्त प्रदर्शनमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । अहिलेसम्म जेनजीको प्रदर्शनका क्रममा संसद भवन […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते

काठमाडौं । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ,  नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका हुन् । पत्रकार ढुंगानालाई अस्पताल भर्ना गरिएको छ । उता सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

मधेश मुख्‍य समाचार विशेष समाचार

वीरगन्जमा जेन–जीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दावी

वीरगन्ज । जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् । करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् । कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।