१७ आश्विन २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार

इटहरीमा यस्तो देखियो जेनजीको प्रर्दशन

इटहरी । सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । जसअन्तरगत सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्याली निकालेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गरेका छन् ।        

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

न्यायलयमा महिलाहरुको उपस्थिति बढाउन जरुरी भइसक्यो

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायको मूर्तीमा महिलाको परिकल्पना गरिएको पनि संरचनामा पुरुषको सहभागिता बढि भएको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रथम महिला सरकारी वकिलहरुको प्रथम राष्ट्रिय  सम्मेलनमा बोल्दै उनले न्यायालयमा विस्तारै महिलाको उपस्थिति बढाउनुपर्ने भन्दै न्यायको मान्यतामा पनि परिवर्तन भइरहेको बताइन् । उनले भनिन्, ‘न्याय भन्ने वित्तिकै हामीले आँखा बन्द […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो । अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो । जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।  

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

नाट्यशालाको आयोजनामा ‘एक चिहान’ नाटकको प्रज्ञामा मञ्चन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ । नाट्यशालाको प्रस्तुतिमा तयार गरिएको यस नाटकलाई रुपान्तरण तथा निर्देशन कलाकार तथा निर्देशक नकुल पौड्यालले गरेका हुन् । उपन्यास ‘एक चिहान’ नेपाली साहित्यमा सामाजिक यथार्थ, वर्गीय विभेद र मानवीय संवेदनशीलतालाई गहिरो ढङ्गले उतारेको कृति मानिन्छ । यसै […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ […]

बागमती मुख्‍य समाचार समाचार

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ घटेको छ । आइतबार २ हजार ५ सयले कारोबार भएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रूस–युक्रेन द्वन्द्वको रणनीतिक मोडः पूर्वाधारदेखि ऊर्जा पाइपलाइनसम्म

काठमाडौं । रूस र युक्रेनबीच जारी युद्धमा दुबै पक्षले द्वन्द्वको रणनीतिलाई नयाँ मोड दिएका छन् । रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार र औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा डिनिप्रोपेट्रोभस्क क्षेत्रमा पर्ने खरोशेये […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं ।  आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले नेपाल न्यु बैंकलाई […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको […]

बागमती मुख्‍य समाचार समाचार

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ । ल्ब्क्–क्ष्त् का अनुसार यस्ता प्रतिबन्धले नेपालको आईटी उद्योग, सेवा प्रवाह, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारेको छ । सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा संगठनले भनिएको […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

कोशी । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ । सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता  

काठमाडौं ।  उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका हुन् ।  उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए । हालै खाडी मुलुकहरु, […]