१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझैपनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मंगलबार मध्याह्नदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो । बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो । यसअघि विषम परिस्थिति भन्दै कार्यालयले अनिश्चितकालका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थल आवागमन […]

बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्ण रुपमा जलेर नष्ट भएको अवस्थामा छ देउवा निवास

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ । मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी’

काठमाडौं । नेपाली काङ्ग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले एकता साथ प्रस्तुत हुन जरुरी रहेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन सबै पक्षले संयम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो

काठमाडौं । प्रदर्शनकारीहरुले मंगलबार विभिन्न भौतिक संरचनामा लगाएको आगो बुधबार दिउँसोसम्म बलिरहेको छ । कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा आगो निभ्न सकेको छैन । प्रदर्शनकारीले व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा आगो लगाएका थिए । जुन आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो । काठमाडौं महानगरपालिकाको दमकलले नक्साल भाटभटेनीमा आगो निभाउने प्रयास गरिरहे पनि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो । प्राधिकरणले बीमा कम्पनीहरूलाई आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि विशेष आग्रह गरेको छ । साथै, सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन समेत सूचित गरिएको छ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो कदम देशमा हालको अस्थिर र संवेदनशील परिस्थितिको सामना गर्न र बीमा सेवा अबरुद्ध नहोस् भन्ने उद्देश्यले चालेको बताइएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ ।

मुख्‍य समाचार विशेष समाचार समाचार

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो

काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ । कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुई जना प्रहरीको मृत्यु भएको पुष्टि

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सेनालाई बुझाउनुपर्ने

काठमाडौं । जेनजी नेतृत्वको आन्दोलनका सुरक्षाकर्मीहरुबाट लुटिएका वा फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘जेनजी नेतृत्वको आन्दोलनका क्रममा […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भएपनि नगद वा प्रणालीलाई असर पुगेको छैन । उनले भने, ‘शाखाहरुमा तोडफोड र आगजनीका कारण […]

बागमती मुख्‍य समाचार समाचार

अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद

काठमाडौं ।  नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ । सरकारी स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशभर सुरक्षा व्यवस्था कडा बनाइएपछि भोलिपल्ट बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति पु¥याउने मनसायले गरिएको हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मीहरूले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरेका छन् । यस्तै, काठमाडौंका विभिन्न स्थानहरूबाट २३ थान हतियार तथा पोखराबाट ८ थान हतियार बरामद गरिएका छन् । यसरी बरामद गरिएका हतियारहरूको सङ्ख्या ३१ नाल पुगेको छ, जसमा म्यागजिन र गोलीगठ्ठा समेत रहेका छन् । साथै, तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको प्रयास जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ । हिंसात्मक घटनामा २३ जना नेपाल प्रहरीका सदस्यहरू घाइते भएका छन् भने तीनजना सर्वसाधारण पनि घाइते भएका छन्  । उनीहरूको नेपाली सेनाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा कफ्र्यू हट्यो

रामेछाप । रामेछाप जिल्लामा लगाइएको कफ्र्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र उत्पन्न परिस्थिति मूल्याङ्कन गर्दै बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा […]