१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

दोधारा चाँदनी कञ्चनपुर,२६ भदौः छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। हाल भारतबाट फर्किने नेपाली नागरिकलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु

काठमाडौं । काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् । मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए । हुन्डाई, टाटा, महिन्द्रा,  सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए ।

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

विराटनगरसहित मोरङमा कफ्र्यू आदेश जारी

विराटनगर । विभिन्न समूह र पक्षले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किने सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले कफ्र्यू आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २५ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो । सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब कसरी बन्छ राष्ट्रिय सरकार

  काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

जुम्लामा कफ्र्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ । बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कफ्र्यू जारी गरेको हो । कार्यलयले २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ । संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै ‘जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति भएको छ । यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गर्दछु । प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अबस्था छ । सबै जना शान्त रही आ–आफ्नो घर÷स्थानमा सुरक्षित रहनु हुन अनुरोध गर्दछु । मिति २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ’ ।    

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अझै निभेको छैन् चुच्चेपाटीस्थित भाटभटेनीको आगो

काठमाडौं । चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ । प्रदर्शनकारीले चुच्चेपाटीलगायत कोटेश्वर र भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका थिए ।    

बागमती मुख्‍य समाचार विशेष समाचार

बानेश्वरमा जेनजीहरुले गरे सरसफाइ

काठमाडौं । काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् । बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन् । गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो ।

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका रुपमा चित्रण

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय व्यवहारको देउवा सेवा समाजले घोर निन्दा र भत्र्सना गरेको छ । देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई […]

बागमती मुख्‍य समाचार समाचार

यतिबेला सारा नेपालीको मन रोएको छ ः हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् । संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ । उनले लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो । जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ । तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनाताको सम्पत्ति हो । ’    

बागमती मुख्‍य समाचार विशेष समाचार

सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो रोजौं

काठमाडौं । जेन–जी पुस्ताको नाममा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि काठमाडौं उपत्यकाको अवस्था दयनीय देखिएको छ । भ्रष्टाचार विरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि देशका महत्वपूर्ण सार्वजनिक संरचना ध्वस्त भएका छन् । संरचना ध्वस्त भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । आन्दोलनमा घुसपैठ भएका कारण सार्वजनिक संरचनामा आगो लागेको सर्वसाधरणको भनाइ छ । आन्दोलन गर्न पाइन्छ असहमति […]