१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

काठमाडौँ, २९ भदौः सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने भनेर माथिल्लो निकायको स्पष्ट निर्देशन आइनसकेको अवस्थामा अन्यौलता देखिएको हो । प्रष्ट कार्ययोजना र तत्कालीन प्राथमिकता तय नहुँदा केही कर्मचारीहरू हाजिर गरेर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आगजनीले यातायात कार्यालय र सेवा ठप्प, सहजीकरण गरिदिन व्यवसायीको माग

काठमाडौँ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ । यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सिंहदरबारको गृह मन्त्रालय पूर्णरूपमा ध्वस्त : संरचना, सम्पत्ति र अभिलेख खरानी

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अहिले खरानी र भग्नावशेषले भरिएको छ । भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी गृह मन्त्रालयलगायतका कार्यालयमा आगजनी गरेपछि परिस्थिति पूर्णरूपमा बदलिएको छ । आइतबार गरिएको स्थलगत रिर्पोटिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेका छन् । भित्रको दृश्य […]

कोशी मुख्‍य समाचार समाचार

निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

चितवन, २९ भदौः चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उनले भने, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जिप्रका काठमाडौँद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह

काठमाडौँ, २९ भदौः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार यही भदौ ६ गते अगाडि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि भदौ ३१ गतेदेखि सम्पर्क गर्न […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

गोदावरी कैलाली, २९ भदौः जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ । क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवाप्रवाह सञ्चालन गरिएको हो । भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी

पर्सा । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ । आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा आन्दोलन उग्र बनेको हो। त्यस क्रममा सुगौलिबिर्तास्थित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार

काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् । आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘सरकारमाथि अट्याक सुरु […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन् : सुमना श्रेष्ठ

  काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन […]

प्रदेस समाचार मुख्‍य समाचार विशेष समाचार समाचार

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ, २९ भदौः यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक […]

बागमती मुख्‍य समाचार समाचार

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन, २९ भदौः कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उनले भने, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट […]

मुख्‍य समाचार लुम्बिनी समाचार

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । कार्यालयमा सरसफाइ […]