१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् । सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।

गण्डकी मुख्‍य समाचार समाचार

सुक्खा पहिरोले बेनी जोमसोम सडक अवरुद्ध

मुस्ताङ, २९ भदौः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनीजोमसोम सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी(जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए। काभे्रभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

काठमाडौँ, ३० भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

काठमाडौँ, २९ भदौः पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएका यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएका शुभकामना […]

बागमती मुख्‍य समाचार समाचार

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै

चितवन, २९ भदौः जेनजी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन […]

गण्डकी मुख्‍य समाचार समाचार

जडीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी, २९ भदौः जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको […]

गण्डकी मुख्‍य समाचार समाज

पहिरोले एक परिवार विस्थापित

गलकोट बागलुङ, २९ भदौः बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा एउटा गोठ पुरिएको छभने एक परिवार विस्थापित भएका छन् । सिगाना पाखाबारीस्थित रामबहादुर खड्काको घरमाथिबाट आएको पहिरोले गोठ पुरेको छभने घरमा आंशिक क्षति पुर्याएको छ । अहिले घरबाट सामग्री स्थानान्तरण गरिएको छ । परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ –८ सिगानाका वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

अजयखोलामा बनेको पुल स्थानीयका लागि वरदान

बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको लागि वरदान सावित बनेको छ । झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयको घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य भएको हो । गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

काठमाडौँ, २९ भदौः नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकोमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख […]

कोशी पर्यटन मुख्‍य समाचार

महभिर झरनाः पर्यटकको मन रमाउने जलधारा

भोजपुर, २९ भदौः महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो । मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट नजिकै रहेको यो स्थान घुम्न आउनेहरूका लागि मनोरञ्जनस्थल बनेको छ । सडकको सहज पहँुच भएसँगै पर्यटकको आवगमन बढेको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई 

काठमाडौं । छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् । उनले भने‘ कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ । चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ ।  चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवद्र्धन गर्न तयार छ । विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ ।’