१७ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

वीरगञ्ज पर्सा, ३० भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार यहाँ आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्यदृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । जेनजी आन्दोलनको […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र अभिमन्यु : च्याप्टर १ फूलपातीमा रिलिज हुने

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो चलचित्र पछि सरेर असोज १३ मा पुगेको हो । ‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय […]

अर्थ बागमती मुख्‍य समाचार

श्रीनगर एग्रोटेकको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !

लहान, सिरहा । गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् । लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ । ‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’ प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका […]

मधेश मुख्‍य समाचार समाचार

जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुप्रति श्रद्धाञ्जली तथा क्यान्डल मार्च

जनकपुर । भदौ २३ र २४ गत्ते भएको जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुको सम्मान र सम्झनामा जनकपुरधामका युवाहरुले क्यानडल मार्च र श्रद्धाञ्जली सभा गरेका छन् । आइतबार साँझ जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको क्यान्डल मार्च जानकी मन्दिर हुँदै जनक चोकमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो । श्रद्धाञ्जली सभामा जनकपुरधामका युवाहरुले युवा सहिद अमर रहुन,जेनजी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन् ।        

बागमती मनोरन्जन मुख्‍य समाचार

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको बैठक सम्पन्न, आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा

काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको बैठक आइतवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले हालै देशभर भएका अराजक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर निन्दा र भत्र्सना गरेको छ । बैठकले भदौ २४ गते […]

बागमती मुख्‍य समाचार विशेष समाचार

चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएकोले सामान फिर्ता गर्न अनुरोध गरेको हो । भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र […]

बागमती मुख्‍य समाचार विशेष समाचार

लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका हुन् प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ […]