१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ ।    

बागमती मुख्‍य समाचार विशेष समाचार

सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन

काठमाडौं — नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले केही जेनजी आन्दोलनका कारण सिर्जना भएका विषम परिस्थितिहरू सामान्य हुँदै गएकाले कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो । प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न समेत निर्देशन दिएको छ । यसअघि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनः कार्य सुचारु

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् । स्थानीय सुनिल केसीका अनुसार स्थानीहरुसबै मिलेर सरसफाई गर्नकासाथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनः कार्य सुचारु गरिएको हो । उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग¥यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडा जस्ता आधारभूत कुराहरुको व्यवस्था ग¥यौं । उहाँहरुबाट जनताले सेवा लिने […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले आइबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ […]

खेलकुद बागमती मुख्‍य समाचार

काभा महिला भलिबल लिग २०२५ स्थगित

काठमाडौं। काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ। नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो। आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो। तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

बाजुराको दुर्गम गाउँपालिकामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु

बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन् । गाउँपालिकाले गर्भवती महिलाहरुको सहजताका लागी सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँका महिलाहरुलाई निकै सहजता प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीले घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ । यही भदौ ३० गतेभित्र निवेदन दिन केन्द्रीय बैंकले आग्रह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फरार दुई कैदी सिराहामा पक्राउ

सिराहा । जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने

काठमाडौं । सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ। यही भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुल्ला चौरलाई सहित जेन्जी पार्क बनाउन महासंघले माग गरेको हो। महासंघका अध्यक्ष कुशलब […]