१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

कञ्चनपुर, ३० भदौः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

काठमाडौँ, ३० भदौ : देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९० […]

कर्णाली मुख्‍य समाचार समाचार

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको फोरजी सञ्चालनमा

अदानचुली हुम्ला, ३० भदौ : टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन फोरजी सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पु¥याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पु¥याएको बताए । नेपाल टेलिकमले विसं २०७३ पुस १७ […]

कोशी मुख्‍य समाचार समाचार

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर, ३० भदौः धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका–५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ महारुद्र, हिमालय, शिव लिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन

दोधारा चाँदनी कञ्चनपुर, ३० भदौः कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि यहाँका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो । गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य […]

बागमती मुख्‍य समाचार समाचार

जिल्ला प्रशासन कार्यालयद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक, ३० भदौः हालैको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् । बनेपामा रहेका क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई साँगा प्रहरी चौकीमा स्थानान्तरण गरी सेवा नियमित गर्न लागिएको जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

बैतडी, ३० भदौः बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

बागमती मुख्‍य समाचार समाचार

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’

चितवन, ३० भदौः गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सरकारी […]

कोशी मुख्‍य समाचार समाचार

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

फुङ्लिङ ताप्लेजुङ ३० भदौः विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताउनुभयो । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा, ३० भदौ : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै […]

बागमती मुख्‍य समाचार समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु

काठमाडौं । यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ । हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्यालयमाथि इजरायली विमानले बम आक्रमण गरेको र भवनहरू पूर्णरूपमा ध्वस्त भएको […]