१५ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् ।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताउदै सरकारको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेपालजस्तो संवेदनसिल भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ताबाट भर्खरै त्यहाँको जनताले भनेका छन्–प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनाइले सुस्ताको जनता दिनदिनै अफ्ठयारो परेको छ ।’

रावलले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीकोे अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक अफ्ठयारोेमा परेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि