९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ । कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको रहेको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यसैगरी, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ […]

खेलकुद बागमती मुख्‍य समाचार

कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले कंगोलाई पराजित गरेको छ । कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले फिफा विश्वकपको अन्तिम १६ मा स्थाना बायो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए । खेलको ७५औं मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै खेल […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमाडौं । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको छ । विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले मङ्गलवार मन्त्री स्तरीय निर्णयमार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्न निर्देशन दिएको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले २०८२ चैत ११ गते गरेको निर्णयअनुसार […]

बागमती मुख्‍य समाचार समाचार

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए। ‘काम गरिरहने कर्मचारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। सहमहामन्त्री हरि ढकालले पार्टी […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय […]