१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार

मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

पर्वत, १९ कात्तिकः उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनले कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा […]

मुख्‍य समाचार

पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् । यस्ता गम्भीर कानुनी मुद्दा खेपिरहेका फरार अभियुक्तलाई पार्टीको उच्च बैठकमा […]

मुख्‍य समाचार

विद्युत् महसुल विवाद समाधानको दिशामा

काठमाडौँ, १९ कात्तिकः डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो । उद्योगी तथा व्यवसायीले पहिलो किस्ता बुझाएको १५ मिनेटभित्रै काटिएका लाइन जोडन नेपाल विद्युत् प्राधिकरण समेत तयार भएको छ । […]

मुख्‍य समाचार

फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

काठमाडौँ, १९ कात्तिकः भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो । भैरहवा भन्सार कार्यालयले जारी गरेको […]

मुख्‍य समाचार

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

ढोरपाटन बागलुङ, १९ कात्तिकस् मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिए । आश्रमका लागि […]

मुख्‍य समाचार

आगलागीका घटनामा बढोत्तरी

काठमाडौँ, १९ कात्तिकः सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर […]

मुख्‍य समाचार

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

दोधारा चाँदनी कञ्चनपुर, १९ कात्तिक: सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरु समस्यामा परेका हुन् । किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरु मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज […]

मुख्‍य समाचार

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ, १९ कात्तिकः काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा […]

मुख्‍य समाचार

आज विश्व सुनामी सचेतना दिवस

काठमाडौँ, १९ कात्तिकः सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ […]

मुख्‍य समाचार

नानक जयन्ती मनाइँदै

काठमाडौँ, १९ कात्तिकः सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् । असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु […]

मुख्‍य समाचार

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली तनहुँ, १९ कात्तिक : बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो […]

मुख्‍य समाचार

प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

जनकपुर । जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका […]