१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन ः पृथ्वीसुब्बा गुरुङ 

रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन् । प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए । ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने । निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकोले नेकपा एमालेले संसद् पुनस्र्थापनाको माग गरेको गुरुङले बताए । ‘संसद् पुनस्र्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनस्र्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ’, उनले भने । एमालेले जनताको बिचमा गएर संसद् पुनस्र्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । यदि अदालतले निर्वाचनमा जाने फैसला ग¥यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाए । गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गरे । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उनले बताए । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उनको भनाइ छ । ‘राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन’, उनले भने । नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उनले बताए । आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ । ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो’, उनले भने ।  

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो […]

गण्डकी मुख्‍य समाचार समाचार

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, १९ कात्तिकः कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवालाई […]

बागमती मुख्‍य समाचार समाचार

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन, १९ कात्तिकः कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज […]

बागमती मुख्‍य समाचार समाचार

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु

रामेछाप । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो । आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।  

गण्डकी मुख्‍य समाचार समाचार

प्रकृतिलाई खुुसी पार्न तोरन तार्ने चलन

म्याग्दी, १९ कात्तिक : म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर बिधीपूर्वक तानिएको […]

बागमती मुख्‍य समाचार राजनीति

जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले जनताको भावना अनुसार काम गर्न नसक्दा हालको […]

बागमती मुख्‍य समाचार राजनीति

नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदिप पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रदिप पौडेलले पार्टीको नेतृत्व यथावत राखेर कांग्रेस पार्टीप्रति आकर्षण बढ्न नसक्ने उल्लेख गरेका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनमा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा ‘बदलिँदो राजनीति ः सच्चिदै की सक्किदै दल ?’ विषयक बहसमा उनले जेनजी आन्दोलनको पहिलो सर्त र अपेक्षा अनुसार सुधार गर्नुपर्ने पहिलो कुरा नेतृत्व […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ, १९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा […]

कोशी मुख्‍य समाचार समाज

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल इलाम, १९ कात्तिकः इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरु चिन्तित भएका हुन् । पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताउनुभयो । “मेरो १५ रोपनी क्षेत्रमा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनितीक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै उनले हालको राजनीतिक परिवेशमा प्रणाली सुदृढीकरण नै दीर्घकालीन समाधान हुने धारणा राखे । उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई जनताको असन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘त्यो आन्दोलनले देखाएको स्पिडलाई दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्छ । हामीले व्यक्तिमा होइन, सिस्टममा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।’ उनले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंश भए पनि त्यसले हिंसात्मक रुप लिनु दुःखद पक्ष भएको बताए । उनले थपे, ‘त्यो आन्दोलन जेनजीको मात्र थिएन । शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रप्रतिको दृढता जतिसुकै बलियो हुन्छ, समाज रूपान्तरणको यात्रा त्यति सहज हुन्छ ।’ ज्ञवालीले २३ गते अपरान्ह् र २४ गतेको दहन घटनालाई क्रान्ति वा परिवर्तनको महिमामण्डन गर्नु गलत हुने टिप्पणी गरे । उनले एमालेले अहिलेको पुस्ताको ऊर्जा र भावनालाई सकारात्मक दिशातर्फ अघि बढाउन प्रतिबद्ध भएर काम गरिरहेको बताए । उनले भने, ‘भदौ २३ र २४ गते ठूलो संख्यामा नवयुवाहरु सडकमा निस्किए ।  सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सहित सडकमा आए । त्यसपछि के भयो  त्यो बेग्लै कुरा हो । त्यो स्पिडलाई दलहरुले ध्यानमा राखेर हामीले व्यक्तिमा मात्र समाधान खोज्ने होइन । सबै कुरा सिस्टमले सुध्रिने हो । शान्तिपूर्ण  आन्दोलन र लोकतन्त्रममा अहिलेको पुस्ता जति दृढ हुन्छ समाजको रुपान्तरणको यात्रा त्यति सहज हुन्छ । त्यो कुरा ध्यानमा राखेर नै एमालेले काम गरिरहेको छ । २३ गते अपरान्ह् र २४ गतेको  दहनलाई क्रान्ति भनेर परिवर्तन भनेर त्यसको महिमा मण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’  

बागमती मुख्‍य समाचार राजनीति समाचार

ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए । नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे । ‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन ।  जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन । नेकपा एकीकृत समाजवादी र नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौं । त्यो के भयो ?,’उनले भने नेता भुसालले तथाकथित एकताको भ्रममा नपर्न भन्दै  नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् । उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् । ‘त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ । हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ,’ उनले भने ।