१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता होः नेता खनाल

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् । उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ :  झलनाथ खनाल

काठमाडौं । नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्याउन आफू आएको बताए । उनले भने, ‘ढिला आउनुको केही कारण छन् […]

मधेश मुख्‍य समाचार समाचार

खाना पकाउने ग्याँस र डिजेलको आयात घट्यो

वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो । आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवैको रूपमा व्याख्या गरेकी छिन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विद्रोह पछिको बाटो ः चिन्ता र चुनौती ?’ शीर्षकको तेस्रो प्यानल छलफलमा बोल्दै उनले हालको सरकार सुशासन र कानूनी प्रक्रियाको सन्तुलनमा उभिएको बताइन् । उनले भनिन्, ‘सरकार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । उनले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन् । जिम्मेवारी र […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारका नाममा कारण देखाउ आदेश

काठमाडौँ, १९ कात्तिकः सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् । सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

स्वास्थ्यमन्त्री डा. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर

काठमाडौँ, १९ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उहाँका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा […]

खेलकुद बागमती मुख्‍य समाचार

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई २४० रनको लक्ष्य दिएको छ । बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रन बनाएको हो । यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । […]

बागमती मुख्‍य समाचार समाचार

वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौँ, १९ कात्तिकः वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ । विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन […]