१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी कञ्चनपुर, १९ कात्तिकः सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान […]

मुख्‍य समाचार

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध […]

मुख्‍य समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आफ्नो धारणा […]

मुख्‍य समाचार

नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठकः प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

काठमाडौं । पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न […]

मुख्‍य समाचार

९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण […]

मुख्‍य समाचार

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ । अमेरिकी […]

मुख्‍य समाचार

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो, देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, […]

मुख्‍य समाचार

गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । कतारको दोहामा मंगलबारबाट सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच […]

मुख्‍य समाचार

आईसीसी विश्वकप क्रिकेट लिग–२ :आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले  आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग […]

मुख्‍य समाचार

पञ्चेश्वरदेखि सदरमुकामको दूरी छोटियो

बैतडी, १८ कात्तिकः महाकाली करिडोरको ट्र्याक खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ । करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो । उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, करिडोर अन्तर्गत अर्तोलीको कडा चट्टान […]

मुख्‍य समाचार

पत्रकारले गरे अपरिचित युवाको उद्धार

सिरहा ।  न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादव (सविन बाबु) ले एक अपरिचित युवाको मानवीय उद्धार गरेका छन् । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चौक चोहर्वा क्षेत्रमा करिब एक वर्षदेखि मागी खाने गर्दै आएका ती युवालाई यादवले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरी मानव सेवा आश्रम, चपुरमा पु¥याएका हुन् । पत्रकार यादवले अलपत्र अवस्थामा […]

मुख्‍य समाचार

राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौँ, १८ कात्तिकः सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेकाराष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले बताए । […]