२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

जनकपुर । जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।

धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सोनारपट्टी बजार क्षेत्रको एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए ।

विवाद तीव्र बन्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो, जस क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए । उक्त घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन सुरु गरेका थिए । उनीहरुले हिजो मात्र जनकपुरधाममा विरोध प्रदर्शन गर्नुका साथै प्रहरी प्रशासन विरुद्ध नारा लगाउँदै र्यालीसमेत निकालेका थिए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको