१७ चैत्र २०८२, मंगलवार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादवजसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए । सङ्घीयता मधेश जनविद्रोहबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन्। २००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गगनकुमार थापाद्वारा मुस्लिम समुदायमा रमजानको मंगलमय शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश मार्फत उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमजान महिना (निराहार व्रत) मनाउने अवसरमा सुख, शान्ति र आध्यात्मिक उन्नति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका हुन् । इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ

काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय गरिमा जोगाउन सबैलाई सचेत बन्न आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको बिहानी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, ७ फागुनः पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ । पूर्वराजा शाहले भन्नुभएको छ, विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल

काठमाडौँ, ७ फागुनः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । उनले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ७ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौँ, ७ फागुनः निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । […]

बागमती मुख्‍य समाचार समाचार

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र समाजवादतर्फ प्रेरित गरोस् : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’को अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै खनालले पूर्वी हिमाली क्षेत्रसहित देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारलाई मौलिक र परम्परागत पर्वको रूपमा उल्लेख […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको […]