९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल भयो : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रतिवद्धता पूरा नगरेको स्पष्ट पारेको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको हो । सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै उक्त विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय पनि गरेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेको छ । त्यस अवधीका उपलब्धीहरु पनि सार्वजनिक गरेको छ । तर मकवानपुरमा भने सरकारका प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी हेटौँडासँग प्रत्यक्ष जोडिएका उद्योग, पूर्वाधार र सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारका एकसय कार्यसूची : स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

काठमाडौं । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो । सरकारका अनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ वटा (८२ प्रतिशत) स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ […]

बागमती मुख्‍य समाचार समाचार

न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, साङ्लो र म्याद नाघेको सामग्री भेटिएपछि कारबाही

काठमाडौं । काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार सय दिनमै प्रतिबद्धताअनुसार अगाडि बढ्न सकेको छैन् : सुदन किराँती

काठमाडौं । सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजना कार्यान्वयनको प्रभावकारितामाथि विभिन्न प्रश्न उठिरहेको छ । योजनाका धेरै बुँदामा अपेक्षित प्रगति नदेखिएको भन्दै जनता र विभिन्न पक्षहरुले असन्तुष्टि व्यक्त समेत गरिरहेका छन् । यसै संदर्भमा नेपाल न्यूज बैंकले श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसँग गरेको संवादमा उनले वर्तमान सरकारले सय दिनको कार्यकालमा गरेका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

विश्वकपमा मेस्सीको अर्को किर्तिमान : लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । खेलको २९औं मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई १–० को […]

बागमती मुख्‍य समाचार समाचार समाज

बालेन सरकारप्रति बिरामी र कुरुवाको गुनासो : सास्ती उस्तै, व्यवहार रुखो 

काठमाडौँ । संघीय सरकारको एकसय दिनको कार्यसम्पादन यतिबेला जनचासोको मुख्य विषय बनेको छ । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको चर्चा भएपनि वास्तविकता फरक रहेको भुक्तभोगीहरुले बताएका छन् । कतिपय सरकारी अस्पतालहरुमा लाइन उस्तै रहेको, वेड अभाव ज्यूँकात्यूँ रहेको साथै अस्पतालको सेवा प्रवाह एवम औषधि अभावमा कमी नआएको अस्पताल परिसरमा भेटिएकाहरुको अनुभव […]

बागमती मुख्‍य समाचार समाचार

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ […]

बागमती मुख्‍य समाचार समाचार

सुरक्षित लगानीतर्फ आकर्षण बढ्दा सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ । पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले बढ्दै २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

बालेन सरकारको सय दिनः रौतहटबासीमा अपेक्षा र निराश दुबै 

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले असार २० गते आफ्नो कार्यकालको महत्वपूर्ण १०० दिन पूरा गर्दै छ । ‘जेन–जी विद्रोह’ र गत निर्वाचनपछि सुशासन र व्यवस्था परिवर्तनको बलियो नारासहित २०८२ चैत १३ मा गठन भएको यस सरकारको १०० दिने यात्रा र कार्यशैलीलाई लिएर यतिबेला देशभरि नै बहस र समीक्षा भइरहेको छ । यसै सन्दर्भमा, मधेश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सय दिनमा सरकार : ‘डोजर आतंक’ र उत्तेजित अभिव्यक्ति समाजका लागि घातक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यो अवधिलाई सरकारको ‘हनिमुन पिरियड’का रूपमा पनि लिइन्छ । २०८२ चैत १३ गते गठन भएको सरकारको तीन महिनाको अवधिमा भएका गतिविधि र घटनाक्रमलाई तथ्यगत समीक्षा हुन जरुरी छ । जेन–जी आन्दोलनको जगमा बनेको सरकारको पहिलो सय दिनमा अपेक्षाअनुसारका सुधारात्मक कामसँगै […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका […]