१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ

काठमाडौं । कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे। उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभाग स्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो । अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् । यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाज

इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए […]

बागमती मुख्‍य समाचार समाचार

१४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ […]

मधेश मुख्‍य समाचार समाचार

सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

सिरहा । सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यमा विशेष ध्यान

मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्। चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्। खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसले आज शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ः१५ बजे ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । नेपाली कांग्रेसका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

रौतहट । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए । बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा […]