८ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन र विज्ञान–प्रविधि तथा नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार

एक प्राविधिक समस्याले तीन दिनको मार, स्ट्यान्डर्ड चार्टर्डको एक्सप्रेस चेक क्लियरिङमा सेवाग्राही हैरान

काठमाडौं । बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक क्लियरिङसँग सम्बन्धित प्रणालीगत समस्या देखिँदा सेवाग्राहीले शुक्रबारदेखि आइतबारसम्म सेवा लिन नसकेको गुनासो गरेका छन् । विशेषगरी शुक्रबार प्रणालीमा समस्या आएपछि एक्सप्रेस क्लियरिङमार्फत चेक पठाएर तत्काल रकम प्राप्त गर्ने अपेक्षामा रहेका ग्राहकहरू प्रभावित […]

अर्थ मुख्‍य समाचार

विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो । […]

अर्थ मुख्‍य समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पहुँचमार्ग निर्माणमा सफलता

काठमाडौं । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल यसरी जोडिएको हो। भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रसुवा भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता 

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्‍याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ । […]

मुख्‍य समाचार समाचार समाज

रसुवाको बाढीपीडितका लागि सिद्धपाइला यातायातद्वारा प्रधानमन्त्री राहत कोषमा ५६ हजार सहयोग

सुर्खेत । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सिद्धपाइला यातायात सेवा प्रा.लि., वीरेन्द्रनगर–६ सुर्खेतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५६ हजार १५६ आर्थिक सहयोग गरेको छ। सिद्धार्थ बैंक, सुर्खेत शाखामार्फत संस्थाले रु. ५६ हजार १५६ बराबरको चेक कोषको खातामा जम्मा गरेको हो । प्रा.लि.का […]