८ आश्विन २०८३, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार

बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्। यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू)मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा संविधानका आधारभूत मान्यता र उपलब्धिलाई कमजोर पार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा उनले संविधानलाई समयअनुकूल सुधार गर्न सकिने भए पनि त्यसको जग नै भत्काउने गरी पुनर्लेखन गर्न नहुने धारणा राखे । संविधानसभाबाट संविधान निर्माण हुनु आफैँमा लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए । उनले भने, ‘यो संविधानले नेपाली […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभई युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दस्तावेज भएको बताए । उनले भने, ‘नेपालको संविधान २०७२ कुनै एउटा औपचारिक […]

अर्थ मुख्‍य समाचार समाचार

घरजग्गा कारोबारबाट भदौमा ३ अर्ब ९१ करोड राजस्व संकलन

काठमाडौं । २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो । भदौमा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत […]

अर्थ मुख्‍य समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २१३ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १५४, हर्न निषेधमा ४०, लेन क्रसमा ६४, […]

अर्थ समाचार

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधानले गणतन्त्र संस्थागत गर्दै संघीय लोकतान्त्रिक व्यवस्था स्थापित ग¥यो : केपी ओली 

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपालको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए । उनले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । २०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बांँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता 

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताबारे छलफल भयो । त्यस अवसरमा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका छन् । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा सहभागी हुँदै […]