२३ असार २०८३, मंगलवार
मुख्‍य समाचार

आज विश्व सुनामी सचेतना दिवस

काठमाडौँ, १९ कात्तिकः सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा समुद्री भूस्खलनका कारण उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ […]

मुख्‍य समाचार

नानक जयन्ती मनाइँदै

काठमाडौँ, १९ कात्तिकः सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् । असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु […]

मुख्‍य समाचार

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली तनहुँ, १९ कात्तिक : बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो […]

मुख्‍य समाचार

प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित

जनकपुर । जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका […]

मुख्‍य समाचार

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी कञ्चनपुर, १९ कात्तिकः सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान […]

मुख्‍य समाचार

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध […]

मुख्‍य समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आफ्नो धारणा […]

मुख्‍य समाचार

नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठकः प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

काठमाडौं । पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न […]

मुख्‍य समाचार

९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण […]

मुख्‍य समाचार

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं । अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो । दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ । अमेरिकी […]

मुख्‍य समाचार

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो, देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, […]

मुख्‍य समाचार

गरिबी निवारण, सामाजिक समावेशीकरण, दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । कतारको दोहामा मंगलबारबाट सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच […]