२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ, १९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा […]

कोशी मुख्‍य समाचार समाज

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल इलाम, १९ कात्तिकः इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरु चिन्तित भएका हुन् । पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताउनुभयो । “मेरो १५ रोपनी क्षेत्रमा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनितीक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै उनले हालको राजनीतिक परिवेशमा प्रणाली सुदृढीकरण नै दीर्घकालीन समाधान हुने धारणा राखे । उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई जनताको असन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘त्यो आन्दोलनले देखाएको स्पिडलाई दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्छ । हामीले व्यक्तिमा होइन, सिस्टममा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।’ उनले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंश भए पनि त्यसले हिंसात्मक रुप लिनु दुःखद पक्ष भएको बताए । उनले थपे, ‘त्यो आन्दोलन जेनजीको मात्र थिएन । शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रप्रतिको दृढता जतिसुकै बलियो हुन्छ, समाज रूपान्तरणको यात्रा त्यति सहज हुन्छ ।’ ज्ञवालीले २३ गते अपरान्ह् र २४ गतेको दहन घटनालाई क्रान्ति वा परिवर्तनको महिमामण्डन गर्नु गलत हुने टिप्पणी गरे । उनले एमालेले अहिलेको पुस्ताको ऊर्जा र भावनालाई सकारात्मक दिशातर्फ अघि बढाउन प्रतिबद्ध भएर काम गरिरहेको बताए । उनले भने, ‘भदौ २३ र २४ गते ठूलो संख्यामा नवयुवाहरु सडकमा निस्किए ।  सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सहित सडकमा आए । त्यसपछि के भयो  त्यो बेग्लै कुरा हो । त्यो स्पिडलाई दलहरुले ध्यानमा राखेर हामीले व्यक्तिमा मात्र समाधान खोज्ने होइन । सबै कुरा सिस्टमले सुध्रिने हो । शान्तिपूर्ण  आन्दोलन र लोकतन्त्रममा अहिलेको पुस्ता जति दृढ हुन्छ समाजको रुपान्तरणको यात्रा त्यति सहज हुन्छ । त्यो कुरा ध्यानमा राखेर नै एमालेले काम गरिरहेको छ । २३ गते अपरान्ह् र २४ गतेको  दहनलाई क्रान्ति भनेर परिवर्तन भनेर त्यसको महिमा मण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’  

बागमती मुख्‍य समाचार राजनीति समाचार

ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष बताए । नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लोपटक पार्टीले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्न लागेको प्रति आपत्ति जनाउँदै उनले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको जिम्माको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो भन्दै प्रश्न गरे । ‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन ।  जो आफैं ओरालो हिँड्दैछन् । त्यसले निकास दिँदैन । नेकपा एकीकृत समाजवादी र नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौं । त्यो के भयो ?,’उनले भने नेता भुसालले तथाकथित एकताको भ्रममा नपर्न भन्दै  नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् । उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् । ‘त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ । हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ,’ उनले भने ।        

बागमती मुख्‍य समाचार राजनीति समाचार

जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ : नेतृ झाक्रि

काठमाडौं । नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले  जेनजी विद्रोहले  लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन् । बुधबार काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाक्रीले २३ र २४ गतेको विद्रोहबाट पार्टीहरु सचेत हुन आश्यक रहेको भन्दै उक्त विद्रोहले   लोकतान्त्रिक प्रणली माथि प्रश्न उठाएको बताएकी छिन् । ‘जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन्दा पनि जसले राज्य चलाई रहेका थिए, जसले सत्तामा बस्नको लागि सिन्डकेट चलाई रहेका थिए त्यो कारणले आएको हो । बारुद आफैले बनाएर बोकेर हिन्ने हो भने झिल्को त कता कताबाट आइ नै हाल्छ । अहिले नेपो बेबी, सामाजिक सञ्जाल बन्दको कुरा झिल्कोको रुपमा देखिएको मात्र हो, यदि यो नभएको भए कुनै दिन अरु कुनै झिल्को देखिन्थ्यो ।’ यस्तै, उनले जेनजी विद्रोहभन्दा सानो विद्रोह सरकारले नसुन्ने अवस्था आएको भन्दै भदौ २३ गतेको घटनापछि पनि सरकार अरुलाई दोष लगाएर आफू पन्छिननै व्यस्त रहेको बताए । उनले भने, ‘जुन जेनजी विद्रोह भयो त्यो भन्दा सानो विद्रोह त सरकारले सुन्दा पनि सुन्दैँन् थियो होला, भदौ २३ गते त्यती धेरै मान्छे ढालेर पनि त्यही सरकार होईन बेल्का हामीबाट केही गल्ती नै भएको छैन् भन्दै अरु माथि गल्ती थोपर्ने । त्यही भएर को हो के हो भनेर जानु भन्दा पनि हामीले जुन सुशासनको संयन्त्रहरु कमजोर बनाउदैँ गयौं, जुन कुराले लोकतन्त्रलाई बलियो बनाउथ्यो त्यसलाई पाखा लगाउदैँ गयौं ।’ लाभहानीको बारे नसोचि सबै विचार मिल्ने पार्टीहरु एकै ठाँउमा जान मिल्ने भन्दै तर पार्टी एकता गर्दा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा मुख्य हुनुपर्ने पनि उनको भनाई छ  । उनले भने, ‘विचार मिल्नेहरु सबै एक ठाँउमा आउ, हामी सबैको विचार एउटै छ भने पदका कारण, केही व्यक्तिगत लाभहानी कसको फोटोमा कसको अनुहार देखिन्छ भन्ने कुराले हामी पछाडी नपरौं एकै ठाँउमा आउ भन्ने कुरा हो । कुन मुद्धामा विचार मिल्छ भन्ने कुरा पनि हो । त्यो भन्नाले संघीयता, गणतन्त्र र लोकतन्त्र मान्ने सबै पार्टीको सोच हो तर त्यो भन्दैमा फेरि एउटै देश एउटै भेष भनेको जस्तो पनि होईन् । सबै एउटा पार्टी बन्ने भन्ने हुदैँन् । पार्टी मिसिने कुरामा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने हो ।’ साथै, उनले लोकतन्त्र मान्ने कुनै पनि मुलुकले एकदमै विशम अवस्था बाहेक पहिलो र दोस्रो पार्टी मिलेर सरकार चलाउछ भन्ने कल्पना गर्न पनि नसक्ने भन्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि बारुदको उत्पादन त्यहाबाट नै भएको बताए ।      

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधै्रभर आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन् । उनले संक्रमणकालीन अवस्थाले […]

मुख्‍य समाचार

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् । मन्त्री घिसिङका अनुसार, जग्गा अधिग्रहण, वन क्षेत्रको प्रयोग, रुख कटानको क्षतिपूर्ति, भन्सार तथा मूल्यवृद्धि करमा छुट र पेट्रोलियम आयात करको केही रकम आयोजनामा प्रयोग गर्दा लगानी सहज हुन सक्छ भने नेपाल विद्युत प्राधिकरणको साधारण सेयर निष्कासनबाट पनि पूँजी सङ्कलन गर्न सकिन्छ । आयोजनामा ५० प्रतिशत स्वःपूँजी र ५० प्रतिशत ऋण हुने गरी सरकारको भार नपर्ने मोडालिटी तयार गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । परामर्शदाताको सन् २०१५ प्रतिवेदन अनुसार आयोजनाको लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको थियो भने हालको मूल्यमा २ अर्ब ७७ करोड अमेरिकी डलर (३ खर्ब ३२ अर्ब रुपैयाँ) पुगेको छ । कम्पनीले दुईवटा मोडालिटी तयार गरेको छ; भिजिएफ नपाएमा इक्विटी र ऋण अनुपात २५ः७५ र भिजिएफ उपलब्ध भएमा ३०ः७० हुने प्रस्ताव गरिएको छ । इक्विटी रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारणबाट सङ्कलन गर्ने योजना छ । आयोजनाको जग्गा प्राप्तिमा करिब ९० प्रतिशत प्रगति भइसकेको छ भने गोरखा र धादिङका ८,११७ प्रभावित परिवारमध्ये ३,५६० पूर्ण विस्थापित हुनेछन ्। परियोजनाअन्तर्गत धादिङ र गोरखामा २६३ मिटर अग्लो कर्भेचर आर्च बाँध निर्माण हुनेछ, जसले ६३ वर्ग किलोमिटर क्षेत्रफलमा जलाशय सिर्जना गर्नेछ र वार्षिक ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मन्त्री घिसिङले बूढीगण्डकीलाई ऊर्जा सुरक्षाका दृष्टिले रणनीतिक महत्वको आयोजना भन्दै छिट्टै लगानी मोडालिटी तय गर्न सरकारको प्रयास तीव्र बनाइरहेको बताएका छन् ।  

मुख्‍य समाचार

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक, १९ कात्तिकः मण्डनदेउपुर नगरपालिका(६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मण्डनदेउपुर(७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला […]

मुख्‍य समाचार

राष्ट्रहित सर्वोपरि कन्क्लेभमा ‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल : नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म

काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् । उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस […]

मुख्‍य समाचार

हिंसा पीडितका लागि सहारा बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

झापा, १९ कात्तिक ः लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ ।सबैखालका हिंसा पीडित महिला तथा वालवालिकालाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास, परामर्श लगायतका सेवा प्रदान निःशुल्क गर्नका लागि केन्द्रको स्थापना भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा यो सेवा उपलब्ध छ । अस्पतालमा सञ्चालित एकद्वार […]

मुख्‍य समाचार

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौँ, १९ कात्तिकः नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयका सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई अन्तरिम आदेश जारी भइरहेको अवस्थामा सम्बन्धित राजदूतलाई सरकारले […]