२३ असार २०८३, मंगलवार
मुख्‍य समाचार

राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता

कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच आज […]

मुख्‍य समाचार

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना

काठमाडौँ, १८ कात्तिकः नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् । पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् । भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि […]

मुख्‍य समाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौँ, १८ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताएका छन् । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताए । साथै उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित […]

मुख्‍य समाचार

खेलाडीलाई व्यावसायिक बनाउन आवश्यकः मुख्यमन्त्री बानियाँ

चितवन, १८ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै उनले खेलाडीहरुलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके […]

मुख्‍य समाचार

स्वार्थको राजनीतिमा सहभागि भए, अब कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ […]

मुख्‍य समाचार

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए । उनले भने, आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले […]

मुख्‍य समाचार

सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ । यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ […]

मुख्‍य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् । बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण, र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले वैदेशिक […]

मुख्‍य समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

पाटन ललितपुर, १८ कात्तिकः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी छन् । आजको […]

मुख्‍य समाचार

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग […]

मुख्‍य समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

दमौली तनहुँ, १८ कात्तिकः यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर […]

मुख्‍य समाचार

सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो । हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य […]