१५ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार

गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

म्याग्दी, ४ मङ्सिरः दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर सुनौलो रङ र गजुरमा सुनको जलप लगाएका हुन् । गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति […]

बागमती मुख्‍य समाचार समाचार

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध

काठमाडौँ, ४ मङ्सिरः पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, ४ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

साइपाल, अपिलाई पर्यटकीय गन्तव्य बनाइँदै

चैनपुर बझाङ, ४ मङ्सिरः सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ । नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन् । साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा […]

बागमती मुख्‍य समाचार समाचार

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

चितवन, ४ मङ्सिरः यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ । प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्य अनुसार धान बिक्री नभएको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

काठमाडौं । अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको […]

बागमती मुख्‍य समाचार समाचार

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

वाग्मती, ४ मङ्सिरः जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन स् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य  

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार बिहीबार (आज) गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ […]

गण्डकी मुख्‍य समाचार समाचार

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

गण्डकी, ४ मङ्सिरः जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ । जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो । वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले […]

बागमती मुख्‍य समाचार समाचार

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती, ४ मङ्सिरः चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन मालपोत र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२÷८३ मा रु ३० […]